माइभ्याली गोल्डकपको हिसाव सार्वजनिक


 आम्दानीः ४७,२१,३७१,  खर्चः ३६,४४,४५१  
बैंक मौजदातः १०,७६,९२०   उठ्न बाँकीः १३,३१,५००
इलाम ११ बैशाखः इलाममा गत माघ १४ गतेबाट २३ गते सम्म सञ्चालन भएको दोस्रो टुवोर्क माईभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको आर्थीक विवरण सार्वजनिक गरिएको छ । शनिवार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै सो हिसाव किताव सार्वजनिक गरिएको हो । जसमा गत वर्षको मौजदात १३ लाख ९७ हजार नौ सय पचासी, गत वर्षको बाँकी प्राप्त रकम २ लाख १२ हजार ३ सय एकचालिस, टिकट बिक्रीबाट २२ लाख ५६ हजार चार सय साठी, विभिन्न संघसंस्थाबाट ३ लाख ४५ हजार ९ सय पचासी, प्रायोजनबाट ३ लाख ५० हजार,  मेची पहाडी पर्यटन विकास प्रवर्धन समितिबाट ८५ हजार लगायत गरि ४७ लाख २१ हजार ३ सय ७१ रुपयाँ आम्दानी भएको थियो । त्यस्तै खर्च तर्फ ६ लाख ३५ हजार, मैदानको पुर्वाधार विकासमा ५ लाख ३१ हजार ८३ रुपयाँ, खेल सामाग्री, टीम यातायात खर्च, आवास तथा भोजन, संचार, खेलाडी विदाई, अतिथि विदाई लगायत ३६ लाख ४४ हजार ४ सय ५१ रुपया्रँ खर्च भएको आयोजक समिति कोषाध्यक्ष कमलप्रसाद सुवेदीले प्रस्तुत गरेको आर्थीक प्रतिवेदनमा उल्लेख गरिएको छ । हाल सम्ममा बैंक मौजदात १० लाख ७६ हजार ९ सय २० रुपयाँ रहेको पनि कार्यक्रममा जानकारी गराइएको थियो । त्यस्तै प्रायोजक टुवोर्ग वियरबाट ३ लाख ४० हजार, रुस्लानबाट १ लाख ३६ हजार, रमपमबाट १ लाख ९७ हजार, लिलादेवी श्रेष्ठ (दोस्रो पुरस्कार) १ लाख ७५ हजार, अखिल नेपाल फुटवल संघबाट १ लाख, सिभिल बैंकबाट ९८ हजार लगायत विभिन्न ब्यक्ति तथा संघसंस्थाबाट  १३ लाख ३१ हजार ५ सय उठ्न बाँकी रहेको जानकारी गराइएको छ ।  माइभ्याली फुटवल क्लवका अध्यक्ष धिरेन चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला फुटवल संघ इलामका अध्यक्ष निरोज खड्गी, पत्रकार महासंघ इलामका संस्थापक धर्म गौतम, खेल आयोजक तथा सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।  माइभ्याली फुटवल क्लव र जिल्ला फुटवल संघले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा भारतका तीन र नेपालका सात टीम सहित जम्मा १० टीमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment