पोखरा कपको फाइनलमा आर्मी र मनाङ् भिड्दै

बैशाख ११, काठमाण्डौं । पाचौं संस्करणको मनकामना केवुलकार पोखरा कप फुटवलको उपाधिका लागि आज विभागि टिम त्रिभुवन आर्मी र मनाङ् मस्र्याङदी क्लवबीच प्रतिष्पर्धा हुँदैछ । पोखरा रंगशालामा अपरान्ह साढे २ बजे हुने खेलमा दुबै टोली उपाधिका लागि प्रतिष्पर्धामा उत्रदैंछन् । ३ महिना अघि पोखरामै मनाङले आहा रारा कप जितेको थियो ।
झापा गोल्डकपमा भने आर्मीले मनाङ्लाई सेमिफाइनलमा पराजित गरेको थियो । दोश्रो र तेश्रो संस्करणको विजेता मनाङ् पोखरा कप जित्ने प्रयासमा छ । यता आर्मी भने हारको बदला लिने दाउमा छ । यसअघि भएको सेमिफाइनल खेलमा धरानलाइ हराउँदै आर्मी फाइनलमा पुगेको हो भने झापा ११ लाई हराउँदै मनाङले फाइनलको यात्रा तय गरेको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment