झापा गोल्ड कपलाई रु तीन लाख प्रदान

कतार, २४  चैत । वैदेशिक रोजगारीको क्रममा विगत १० वर्षदेखि कतारमा कार्यरत झापा विर्तामोडका राजन श्रेष्ठले मोफसलकै सर्वाधिक राशिको रमपम झापा गोल्ड कप–२०७२ लाई द्वितीय पुरस्कार रु तीन लाख सहयोग प्रदान गर्गुभएको छ  ।
नेपाली फुटबल टिम कतारका उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठ सानैदेखि खेलमा रुचि राख्ने र नेपाली खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन कतारमा समेत निरन्तर सक्रिय रहँदै आउनुभएको छ ।
नेपाली फुटबल खेलको स्तरोन्नतिका लागि आफ्नो ठाउँबाट सबैले सकेको सहयोग गरिएमा नै नेपाली खेलकुदले विकास गर्ने आशा लिएर उक्त रकम सहयोग गरेको श्रेष्ठले बताउनुभयो ।
चैत १८ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमबीच प्रतियोगिता  झापामा सुरु भइरहेको छ । अन्तिम फाइनल खेल चैत २७ गतेदेखि हुनेछ । उक्त प्रतियोगिताका लागि प्रथम पुरस्कार रु ६ लाख छ भने सहारा नेपाल (साकोस) सहयोग गरेको छ । रासस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment