सोम आचार्य, इलाम
इलाम प्रायः जसो हरेक क्षेत्रको उर्वरभुमिको रुपमा रहेको छ । राजनीतिको निर्णायक पदहरुमा इलामले बारम्बार आफ्नो स्थान ओगटेको छ । झलनाथ खनाल प्रधानमन्त्री सम्म भए । सुवास नेम्बाड सभामुख । गैह्र राजनीतिक क्षेत्रमा पनि इलामले शिखर चुमेको छ । बिष्णु निष्ठरीको पत्रकारिता इलामबाट नै शुरुवात भएको हो । अहिलेको उदीयमान पत्रकार बसन्त बस्नेत र काठमाडौं पोष्टका मनिष गौतम पनि इलामे नै त हुन् । त्रिभुवन विश्वविद्यालयका अध्यापक राजु बराल सर पनि इलाम जीतपुरकै हुनुहुन्छ । इलामको हरियाली चियाबारीले जसरी सबैको मन जितेको छ । इलामेहरुले अरु क्षेत्रमा पनि मन जितेका छन् ।
पत्रकारिता पेशा राज्यको चौथो अंग हो । यसले राज्यलाई खबरदारी गर्ने काम गरिरहेकै हुन्छ । लोकतन्त्रको लागि पत्रकारिता पेशाले कहिले पनि सम्झौता गरको इतिहास देखिदैन् । नेपाल पत्रकार महासंघका संस्थापक सभापति लोकतन्त्रका पर्याय कृष्णप्रसाद भटराईको स्कूलिङले पनि काम गरेको हुन सक्छ नेपालको पत्रकारहरुले अरु विषयमा जे जे भए पनि लोकतन्त्रको लडाईंमा आफुलाई अब्बल नै राखेका छन् । २०५८ मा तत्कालिन राजा ज्ञानेन्द्रले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरि शासन सत्ता आप्mनो हातमा लिएको घोषणा गरी पे्रस स्वतन्त्रतालाई बन्देज लगाउने काम गरका थिए त्यो बेला बिष्णु निष्ठुरी र उनी नेतृत्वको महासंघ लोकतन्त्रको लडाईंमा अब्बल ठहरिएका थिए ।
उता काठमाडौंमा विष्णु निष्ठुरी लोकतन्त्रका लागि तत्कालित शाही सताको विरुद्द लडिरहेको थिए यता इलाममा धर्म गौतम, धिरेन चेम्जोड, सोम सुसेलीहरु मान्छेहरुको कम उपस्थितीमा पनि आवाज उठाइरहेका थिए । धर्म गौतम र धिरेन चेम्जोडलाई त तत्कालीन प्रशासनले वारेण्ट नै जारी गरेको थियो । लोकतान्त्रिक आन्दोलन चल्दै थियो, नेपाल पत्रकार महासंघको नेतृत्वमा लोकतन्त्र नामक समाचारपत्र पनि निक्लिदै थियो जुन समाचारपत्रलाई लक्ष्मी मिश्रहरु लुकी लुकी प्रचार गर्दथे ।
इलामबाट प्रकाशनमा आएको चियाबारी दैनिक पढन पाइयो यसमा खुसीको अनुभुति भएको छ । पत्रिकाको नामनै काफी छ, यो पत्रिका इलामको चियाबारी जस्तै सबैको ढुकढुकीमा बास बस्न सकोस् । चियाबारी बिम्ब बनेको छ । चियाबारी भन्ने बितिकै हामा्रे दिमागमा जसरी हरियाली अनि स्वच्छताको चित्र आउँछ, चियाबारी पत्रिका सम्झँदा त्यस्तै चित्र आओस । चियाबारी जस्तै हरियाली छाओस्, स्वच्छ बनोस । म त पत्रकार होइन त्यसैले पत्रकारिताका धेरै मुल्य र मान्यता थाहा छैन् । पत्रकारिताका आधारहरु तटस्थता, निष्पक्षता र विश्वसनियता चियाबारी पत्रिकको ‘कुरान’ वा ‘गीता’ बनोस् ।
चियाबारीले इलामको आवाज बोल्न सक्नु पर्दछ । इलामेहरुलाई समाचारपत्रमा उचित स्थान दिन पर्दछ । कान्तिपुरका बसन्त बस्नेत जो शुरुका दिनहरुमा इलामबाटनै प्रकाशन हुने पत्रिकामा स्तम्भ लेख्थे । फेरी पनि धेरै बसन्त बस्नेतहरु जन्माउनु छ र त्यसमा चियाबारी दैनिक कोषेढुँगा साबित होस् ।
बौद्धिक चोरीलाई ९एबिनष्बचष्कm० प्राज्ञिक क्षेत्रमा अपराध मानिन्छ । बौद्धिक चोरी संस्कृतिको रुपमा विकास भइरहेको छ । कतैबाट चोरी गरेर लेखिएका लेखहरुलाई हतोत्साहित गरिओस् । ‘गुगल’ लगायत विभिन्न प्रकारका साइटहरुमा जस्तो प्रकारको सुचनाहरु पनि पाइन्छ । इन्टरनेटमा बसेर ‘कपी’ अनि ‘पेष्ट’ गरेर ल्याइएका कुनै पनि प्रकारका लेखहरुलाई चियाबारीले चिन्न सकोस् ।
अर्को महत्वपुर्ण कुरो आम पाठकको भावनालाई छुने खालको समाचार र लेखहरुलाई उचित स्थान दियो भने समाचारपत्रको ‘के्रज’ बढने छ । ग्रीक दार्शनिक एरिष्टोटलले कुनै लेखलाई विश्वसनीय बनाउनु छ भने त्यहाँ पाठकको मन छुने कुरालाई स्थान दिनु पर्ने कुरामा जोड दिन्थे । जसलाई उनले उबतजयक भने । जसले पाठकको भावना, सोचाइ र चाहनालाई सम्बोधन गरोस । चियाबारीले पनि यही कुरालाई जोड दियोस । हार्दिक शुभकामना ।
संचार माध्यमको मुल उद्देश्य नै सुचना प्रदान गर्नु हो । सुचना जति विश्वनीय ढंगबाट प्रचार र प्रसार गर्न सकिन्छ पत्रिका त्यतिनै विश्वसनीय बन्दै जान्छ । पत्रिकाको भविष्य पनि विश्वसनियतामा नै हुन्छ । जुन दिन विश्वसनियतामा प्रश्न उठ्छ सम्झनुहोस पत्रिकाको आयु पनि त्यसै दिन सकिन्छ । एउटा सचेत पाठकले समाचार होस वा ‘आर्टिकल’मा जहिले पनि विश्वसनियता खाजेको हुन्छ ।
आज जे कुरा पनि राजनीतिको आँखाबाट हेर्ने गरिन्छ । पत्रकारिता पनि त्यसबाट अछुतो छैन् । पत्रकार पत्रकार होइन कुनै राजनीतिक दलको कार्यकर्ता जस्ता देखिन्छन् । राजनीतिक पार्टीहरुबाट प्रभावित भएर लेख्नुनै धर्म ठान्छन् । ‘पहेँलो पत्रकारिता’लाई प्रश्य नदियोस् । जसले आम पाठकलाई पत्रिका प्रति क्रमशः टाढा बनाउँदै लग्दछ ।
लोकतन्त्रको निम्ति त चियाबारी पत्रिका खरो उत्रने नै छ । नेपालको अहिलेको सबै भन्दा ठूलो समस्या भ्रष्टाचार हो यसको विरुद्ध सबै लाग्न आवश्यक छ । सरकारी संघ संस्था, गैसस वा अगैससमा हुने ढिला सुस्ती र संस्थागत भ्रष्टाचारको विरुद्धमा पनि आफुलाई ‘क’ श्रेणीमा नै राख्न सकोस् ।
सुचना पाउनु सबैको हक र अधिकार हो । सुचनाबाट कोही पनि वञ्चित हुनु नपरोस । चियाबारीले केटाकेटी देखि बुढाबुढी सबैको मन जित्न सफल हुनैपर्छ । अर्को महत्वपुर्ण कुरा पत्रिकाको निरन्तरता पनि हो । यस दिशामा चियाबारी टिमले एउटा निश्चित योजना बनाएर अगाडी जान सक्नु पर्दछ । इलामबाट निस्कने समाचारपत्रमा नियमितता छैन, आज प्रकाशन हुने भोली बन्द हुने अनि फेरी पर्सी निस्कने आदत नलागोस् । चियाबारी सधै नविन बनोस् । शुभकामना ।

0 comments:
Post a Comment