जिल्लाका विभिन्न श्रोतकेन्द्रमा प्रतिभा छनौट, कार्यक्रममा आयोजक नै उपस्थित भएनन्

मंगलबारे २ जेठः जिल्ला शिक्षा कार्यालय इलामको आयोजना तथा देउमाई नगरपालिका स्थित भानुभक्त उमावि मंगलबारेको स्थानीय ब्यवस्थापनमा आइतबार विद्यालय स्तरीय प्रतिभा छनौट सम्पन्न भएको छ । सहभागी विद्यालयका विद्यार्थीहरुलाई चारवटा विधामा प्रतिष्पर्दा गराईएको थियो । 
जसमा विज्ञान विधामा सहभागी ६ विद्यालय मध्ये जितपुर उच्च माविले प्रथम स्थान हात पार्न सफल भयो । यस्तै गणित र साहित्य विधामा भानुभक्त उच्च माविले प्रथम स्थान हात पा¥यो भने सृजनात्मक कला अन्र्तगत गायन, नृत्य, वाद्यबादन, मुर्तिकला, चित्रकला तर्फ नृत्यबाट इलाम मर्निङ ग्लोरीले प्रथम स्थान हात पा¥यो । 
भानुभक्त उच्च माविका प्रधानाध्यापक बासुदेव कट्टेलको सभापतित्वमा सम्पन्न कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णराज बरालको प्रमुख आतिथ्यतामा भएको थियो । 
जिल्लाको मंगलबारे, गजुरमुखी र फाकफोक श्रोत केन्द्रलाई लक्षित गरेर आयोजना गरिएको प्रतियोगितामा मंगलबारे श्रोत केन्द्रका १४ वटा र गजुरमुखी श्रोत केन्द्रको विष्णु उच्च मावि फुएतप्पा मात्र सहभागी भयो भने फाकफोक श्रोत केन्द्रका कुनै पनि विद्यालय सहभागी नभएको आयोजकले जानकारी दिएको छ । विद्यार्थीलाई सहभागिता नगराइँदा उनीहरुको प्रतिभा ओझेलमा परेको छ ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय इलामबाट विविध समस्या देखाउँदै उपस्थित हुन नसकेको भन्दै अनुपस्थित रहयो भने मंगलबारे र अन्य दुईवटा श्रोतकेन्द्रबाट समेत श्रोत ब्यक्ति उपस्थित रहेनन् ।
 श्रोत केन्द्र अन्तर्गत आयोजित कार्यक्रममा नै श्रोत व्यक्तिहरु उपस्थित नरहँदा उनीहरुको जिम्मेवारी प्रति अभिभावकले प्रश्न उठाएका छन् । 
यस विषयमा जिल्ला शिक्षा अधिकारी राम पाण्डेलाई बुझ्दा आफु कुनै एक कार्यक्रममा गएको, अन्य स्थानमा समेत कार्यक्रम भएर जान नभ्याएको प्रतिक्रिया दिए । श्रोत ब्यक्ति उपस्थित हुनु पर्ने भए पनि कार्यब्यस्तताले नभ्याएको आंकलन गर्दै त्यसबारे आफुलाई जानकारी नभएको बताए । 
सो कार्यक्रम स्थानीय क्षेत्रमा श्रोत केन्द्र र सम्वबन्धत विद्यालयले नै आयोजना गर्ने साथै छनौट भएर आएका १४ श्रोत केन्द्रबाट आएका प्रतिष्पर्धीलाई जेठ ५ गते प्रतिष्पर्धा गराइने जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । प्रतिभा छनौट कार्यक्रम इलामको साखेजुङ,  बरबोटे र चुलाचुलीका समेत आइतबार नै सम्पन्न भएको खबर प्राप्त भएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment