चियाबारीकर्मी सहित दुई कलाकार सम्मानित


इलाम २ जेठ  (चियाबारी संवाददाता):  इलाममा आइतबारदेखि दुई दिने क्षेत्रीय चित्रकला प्रदर्शनी सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान चित्रकला विभागले आयोजना गरेको प्रदर्शनीमा पुर्वाञ्चलका ३२ जना कलाकारहरुले भाग लिएका छन् । लुकेर रहेका चित्रकलालाई उजागर गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको प्रतिष्ठानका चित्रकला विभाग प्रमुख रमेश श्रेष्ठले जानकारी दिए । सोहि अवसरमा इलाममा रहेर चित्रकला क्षेत्रमा योगदान पु¥याएको भन्दै चित्रकार तथा इलामको चियाबारी दैनिकका कार्टुनिष्ट प्रेम केसी र मूर्तिकार विष्णुप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । केसीले २०४३ सालबाट व्यवसायिक रुपमा चित्र बनाउँदै आएका छन् भने श्रेष्ठ काठमाडौंमा रहेर मूर्तिकला सिकाउँदै आएका छन् । उनीहरुलाई चित्रकला विभाग प्रमुख श्रेष्ठले प्रशंसा पत्र र खादा ओडाएर सम्मान गरेका थिए । प्रतिष्ठानले यस्ता कार्यक्रम वर्षेनी रुपमा गर्दै आएको जनाइएको छ । देशका विभिन्न जिल्लामा यसअघि नै प्रदर्शनी भइसकेको बताइएको छ । प्रदर्शनीमा इलामबाट गंगा मुखिया, शिवकुमार राई र सलिना राईले सहभागिता जनाएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment