इलाम, २६ वैशाखः सम्मान गरिनुपर्ने बर्ग सिनियर सिटिजनबाट हामीले केहि कुरा सिक्ने र इतिहासका ससाना तर महत्वपूर्ण कुराहरुको जानकारी समेत हासिल गर्न आम पाठकमाझ मदत गर्ने ठहर गर्दै हामीले समाजका बयोबृद्ध सम्मानित नागरिकहरुसँगको भलाकुसारीलाई महत्व दिने निर्णय बमोजिम गत साताबाट हामीले “सिनियर सिटिजन” स्तम्भ प्रस्तुत गरिरहेका छौ । यस साताका सिनियर सिटिजन शिवप्रसाद चेम्जोङ हुनुहुन्छ । हाम्रा सहकर्मी सोम आचार्यले चेम्जोङसँग गनुभएको भलाकुसारीलाई आज हामीले पस्केका छौं ।
बि.स. १९७६ को मङसिरमा पिता मनप्रसाद चेम्जोङको र माता सरसता चेम्जोङको कोखबाट जन्मिएका शिबप्रसाद चेम्जोङ ९५ को यात्रा गरिरहेका छन् । हाल पूर्व राज्यमन्त्री बेनुपराज प्रसाई बस्ने घरमा जन्मिएका हुन चेम्जोङ जुन घर उनका मामाको थियो । पछि प्रसाईका बाबुले उनै चेम्जोङका मामा सँग किनेका थिए त्यो घर । चेम्जोङको बाल्यवस्था इलामको फुलगाँछी मै बित्यो । युवा अवस्थाको केही समय पल्टनमा बिताएका चेम्जोङको प्रायश समय यही ठाउँमा नै बित्यो । पछि आफ्नी आमाले हाल चेम्जोङ बस्ने घर (जुन डाँडा घरले समेत चिनिन्छ) किने पछि चेम्जोङ त्यही बस्न थाले ।
९० सालको भूइचालोमा म १२ बर्षका थिए । भूइचालो आएको दिन पाँचथर गएका थिए आफनो पुख्र्यौली घर । हुन त १२ बर्षको मैले के धेरै थाहा पाउनु । उनले ९० को बिनाशकारी भूइचालोले गल्र्याम गल्र्याम पहाडहरु खसेको देखियो, घरहरु भत्किएको देखियो, चामल, कोदो गहुँ, मकै सबै अन्न एकै ठाउँमा । भुईचालो आएको बेला घर बाहिर बसेको । मानिसहरु बाटो बाटैमा सुतेका । म चाँहि भुइचालो आएको धेरै बेर आमा सँगै बसे । ९० सालको भुकम्पले त बेस्सरी हल्लायो, कहाँ ७१ सालको जस्तो त्यो भुकम्प हो र । तर पहिला बेस्सरी हल्लाउँदा पनि अलिकती पनि डर लागेन । पेट्रोम्याक्स बालेर टुडिखेलमा फुटबल हेरेको क्षण सम्झनलायक छ । त्यो बेला महाबिर शमशेर बडाहाकिम थिए । उसैले खेलाउथ्यो नि पेट्रोम्याक्स बालेर फुटबल । राति अबेर सम्म मानिसहरु फुटबल खेलिरहन्थे । राणाको टिम र रैतिको टिमबिच खेल हुन्थ्यो जब सम्म राणाले जित्थेनन् खेल भइरहन्थ्यो । राणा बडाहाकिमको निर्देशनमा ती ठूला दुई पेट्रोम्याक्स ल्याएका हुन यहाँ ब्यापारीले । यसरी इलाममा फुटबल खेललाई लोकप्रिय बनाउने काम चै राणाहरुले नै गरेको हो । त्यो भन्दा अघि पनि फुटबल चै खेलिन्थ्यो तर बत्ति बालेर चै खेलिन्थेन । हेर्न त मजा आउने नि तर के गर्नु जँगल थियो घर आउन भने डर लाग्थ्यो । पहिला त कहाँ यहाँ वरिपरी जँगल नै जँगल थियो नि पछि त हो जँगल फाँडेर बस्ती बसालेको । बाघ भालु पनि लाग्थ्यो यहाँ, एक दिन त आमाले पालेको खसी खान आएछ बाघ, आमाले हँसिया लिएर खेदेको त देखियो । बाघ भागिसके पछि आमाले बल्ल गइस भनेको सम्झनामा अझै ताजा छ ।
श्रीमान् सिँहले वरिपरी केटाकेटी राखेर खेलाउथे, श्रीमान् एउटा रुमाल लिएर टुडीखेलको पल्लो छेउमा बस्थे, हामी केटाकेटी चै टुडीखेलको वल्लो छेउबाट कुदेर त्यो रुमाल समाउथ्यौ जसले त्यो रुमाल पहिला भेट्यो उसले एक पैसा पाउँथ्यो । एक पैसाको लागि हामी ज्यान छोडेर पो कुद्थ्यो है ।
१७ ÷१८ बर्षको उमेरमा म नेपाल सिपाहीमा भर्ना भए । त्यतिखेरको तलब २÷३ रुपियाँ मात्रै थियो । ३ बर्ष जति नेपालमा सिपाहीको जागीर खाए पछि त्यही जागीर खाइरहन मन लागेन र घरमा आमा बाबुलाई समेत थाहा नदिई भागियो दार्जिलिङ तिर जहाँ भारतीय सेनामा भर्ती लिने डिपो थियो । त्यहीबाट भारतीय सेनामा भर्ती भईयो । नेपालमा भन्दा धेरै कमाइ हुने र भारतीय तथा अँग्रेजहरुको लगाइखुवाइ राम्रो भएकोले नै म भारतीय सेनामा लाग्ने रहर बढेको ।
भारतीय सेनामा भर्ती भए पछि सिलिगुडी हुँदै अहिलेको बैङगलोर पु¥याइयो । त्यही बेला मैले देखेको कलकत्ताको बहुचर्चित हावडा ब्रिज । त्यो पुल देख्दा उतिबेला अति नै अचम्म लागेको थियो । त्यतिखेर प्रशस्त गाडी नै कहाँ थिए र । सरकारी गााडी थिए भारतमा पनि । म पनि सरकारी गााडी मै चढेर गए बैङगलोर तिर । बैङगलोरमा हुदा एकखेर ठूलो आपत आइलाग्यो । बैङगलोर पुग्ने बेलामा म चढेको गाडी दुर्घटनामा प¥यो र मेरो हात भाचिच्यो । केही समयको उपचार पछि बल्ल ठिक भयो । अनि शुरु भयो तालिम । ५ महिना जतिको तालीम पछि भारतीय सैनिक भईयो । दिक्षित हुने दिन हाकिमले न्यू राइफलम्यान भनेर बोलाउने चलन थियो, न्यु राइफलम्यान भनेर बोलाएपछि हामी आधिकारीक सिपाही भयौ हो त्यही दिन हो मलाई मान्छे भए भन्ने लागेको । जुन दिन म अहिले पनि सम्झन्छु । तालीम नसकियुन्जेल सम्म हामीलाई रिक्रुट भनिन्थ्यो, मान्छे नै गनिन्थेन, मान्छेको ब्यवहार कहाँ गरिन्थ्यो र । तालिम सकिएपछि उहाँलाई भारतको भाग्सु भन्ने ठाउँमा खटाइयो । भाग्सुमा केही समयपछि काम गरेपछि केहि समयको बिदामा इलाम आए । यता आए पछि मलाई लाग्यो अब फेरि फिरेर भारत जान्न कारण एउटै थियो जता गए पनि कमाइ उस्तै उस्तै यता नेपाली सेनामा ३ ÷४ रुपियाँ उता भारतमा ७÷८ रुपियाँ । बिदामा घर आउँदा मसँग ५०० रुपियाँ थियो । घर आउने बित्तिकै आफ्नी आमालाई दिए । यसै दिनदेखि घरमै कोदोलो खन्न, हलो जोत्न, मकै गोड्न थाले, भारत फर्किन ।
केही बर्ष अघि सम्म बिहानको ३ बजे नै उठेर फूलगाँछीबाट नारायणस्थान, जिरो किमी हुँदै पुन फुलगाँछी नै आउँथे, त्यसरी नै गर्थे म मर्निङ वाक । यहाँबाट उठेर हिँडदा कोही कोही मात्रै भेटिन्थे बाटोमा । अहिले त कहाँ सक्नु र ।
मेरो आमाले लगभग १३ रोपनी जमिन मात्र ५० रुपियाँमा किनेको । त्यतिखेर ५० मा यत्रो जमिन अहिले ५० ले के आउँछ र । चेम्जोङका बालसखा सिंह परिवारका थिए । लोकबहादुर सिँह, गोबिन्द सिँह लगायतका । गोबिन्द सिँह सँग त लाप्पै नाथे त कति खेलियो खेलियो, चेम्जोङ सम्झन्छन् । दुई दुई जना भएर गोबिन्दलाई हामी हान्थ्यौ उनि पनि के कम हान्थे हामीलाई पनि । बाल्यवस्था यस्तै हो उनी भन्छन् ।
अहिले इलाममा पानीको अभाव अभावै छ, त्यतिखेर त कुवाकै पानीले खान मात्र हो र घर बनाउनै पुग्थ्यो नि । अहिले त पानी नआएर बिजोक, रुवाबासी नै हुन्छ ।
एक सतकसम्म इलामलाई नजिकबाट नियालेका चेम्जोङको हामी चियाबारी टीम दिर्घजिवन र सुस्वास्थताको शुभकामना व्यक्त गर्दछौ ।
0 comments:
Post a Comment