आर्थिक वर्ष सकिन लाग्दा पनि जिविसले बजेट खर्च गर्न सकेन, जेठ पहिलो सातामा १५ प्रतिसत मात्र वजेट खर्च


इलाम, १३ जेठः इलाम जिल्लाको आर्थिक वर्ष ०७२÷७३ को बजेट आर्थिक वर्षको अन्त्यमा आएर हतारमा खर्च गर्न थालिएको छ । जिल्ला विकास समिति मार्फत खर्च हुने आयोजनाहरु हतारमा निर्माण गरिदा कम गुणस्तरका हुने गरेका छन् । 
अहिले सम्म जिविसले लगभग १५ प्रतिशत मात्र बजेट खर्च गरेको देखिन्छ । जिल्ला विकास समितिका लेखा अधिकृत यादव अधिकारीका अनुसार धेरै आयोजनाहरुको कार्य सम्पन्न भई सकेको भए पनि जिल्ला विकास समितिबाट अनुगमनको लागि टोली जानु पर्ने र सो टोली जान ढिला भएकोले पनि बजेट कम खर्च भएको देखिएको हो । 
जिल्ला विकास समितिले हाल सम्म रोयल्टी व्यवस्थान तर्फको सम्पूर्ण रकम खर्च गरिसकेको छ भने अन्य आयोजनामा भने क्रमश स्थानिय यातायात अन्र्तगत पक्की पूल निमार्णको लागि आएको रकम तीन करोड तीस लाख रुपैंयाँमा चौवालीस लाख मात्र खर्च भएको देखिन्छ । निर्वाचन क्षेत्र विकासको संस्कृति र पर्यटन तर्फको छत्तीस लाख बजेटमा सत्ताइस लाख खर्च गरेको छ । 
खानेपानीमा आएको साठी लाख बजेटको बीस लाख रकम मात्र खर्च गरेको देखिन्छ । त्यस्तै स्थानीय सडकहरुको तीन करोड १८ लाखको बजेटबाट हाल सम्म एघार लाख मात्र खर्च गरेको छ । यसरी सम्पुर्ण आयोजनाहरु हेने हो भने जिल्ला विकास समितिले कुल विकास बजेटको रकम यो आर्थिक वर्षमा खर्च गर्न नसक्ने देखिन्छ आर्थिक वर्ष शुरु भएको १० महिना बितिसक्दा पनि जिविसले १५ प्रतिशत बजेट मात्र खर्च गरेको छ ।
इलाम जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत खर्च हुने जिल्ला विकास समितिको बजेट पनि १५ प्रतिशत मात्र खर्च भएको छ । इलाममा रहेको डिभिजन सडक कार्यालयले अहिले सम्म ६८ प्रतिशत बजेटको काम समाप्त गरेको देखिन्छ । डिभिजन सडक कार्यालयले इलाम, पाँचथर र ताप्लेजुङमा सडकको काम गर्दछ । यसमा कुल बजेट १३ करोड ९२ लाख बजेट विनियोजन भएको छ । त्यस्तै इलाम जिल्लामा रहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले पनि बजेटमा भएको ७० प्रतिशत काम समापन गरिसकेको छ । भवन डिभिजनले मेची अञ्चलमा काम गर्ने गरेको छ । खानेपानी डिभिजनले पनि ७४ प्रतिशत काम सकेको छ भने सिंचाईले ६० प्रतिशत काम सकेको देखिन्छ । कोष तथा लेखा नियन्त्रक कार्यालयको रेकर्ड अनुसार इलाममा अहिले सम्म जम्म ६७ प्रतिसत काम भएको देखिन्छ ।
मेची अञ्चलका तीन वटा जिल्ला इलाम, पाँचथर र ताप्लेजुङको पर्यटन पुर्वाधार विकासमा काम गर्ने पर्यटन मन्त्रालय अन्र्तगतको मेची पहाडी क्षेत्र पर्यटन प्रर्वद्धन विकास समितिले यो आर्थिक वर्षको बजेट ३ करोड १५ लाखकमा २८ ओटा आयोजना मध्ये सबै सम्झौता भएर काम सुचारु गरेको छ र अहिले सम्ममा समग्र रुपमा सम्पुर्ण आयोजनाको ७० प्रतिशत भन्दा धेरै काम सकिएको र यो आर्थिक वर्ष भित्र काम सम्पन्न हुने समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले जानकारी गराए ।
इलाममा अहिले गत वर्षको तुलनामा जिल्ला विकास समिति बाहेका कार्यालयहरुले आर्थिक वर्षको अन्त्यमा आएर काम गर्ने प्रथालाई हटाउँदै अगाडि देखिनै काम गर्दै आएको देखिन्छ भने जिल्ला विकास समितिले भने पहिला जस्तै आर्थिक वर्षको अन्त्यमा हतारमा काम गर्ने गरेको देखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment