गोविन्द पौडेल
जिर्मले, १२ जेठः यस वर्ष वैशाखको अन्तिम साताबाट नै लगातार वर्षा भएपछि अलैंची किसानहरुमा उत्साह जागेको पाइएको छ । यतिखेर किसानहरु बारीमा धमाधम अलैची रोपाइमा सक्रिय रहेका छन् भने जिर्मलेबाट बिरुवाको निकासी समेत बढेको छ ।
यसबाट जिर्मलेका बिरुवा उत्पादन गर्ने किसानहरुले बिरुवा बेचेर लाखौ रुपैयाँ भित्राउन सफल भइरहेका छन् । पहिला नेपालको पाँचवटा जिल्लामा मात्र हुने अलैंची खेती हाल नेपालको चालीस जिल्लामा पैmलनु, कम मेहनतमा बढी उत्पादन साथै मुल्य उच्च भएको कारण धेरै आम्दामी लिन सकिने भएकोले किसानको मोह अलैंची खेतीमा बढेको हो ।
इलाममा पुराना प्रजातिको अलैंची रोगको कारण नष्ट भइसक्दा समेत जिर्मले नयाँ प्रजातिको अलैंचीको उत्पादन राम्रो भएको र इलाम र अन्य जिल्लाहरुमा यस जातको बिरुवाको माग बढेकोले जिर्मलेका किसानहरुले व्यवसायिक रुपमानै अलैंचीको बिरुवा उत्पादन गरेर बिक्री वितरण गर्दै आएकोमा गत वर्ष माग अनुसारको बिरुवा दिन नसकिएकोले यस वर्ष बिरुवाको अभाव हुने देखेर सिजन शुरु अगावै बाहिरबाट बिरुवा लिन आउन थालेको बिरुवा उत्पादक किसान याम अधिकारी बताउछन् । अधिकारी वैदेशिक रोजगारीको लागी चार वर्ष मलेसियामा बिताएर गाउँमै व्यवसायिक रुपले अलैंचीको नर्सरी फारम संचालन गर्दै आएका सफल किसान हुन् । यहाँबाट उत्पादित बिरुवा इलामका विभिन्न गाउँहरु र पश्चिम नेपालको रुकुम, बाग्लुङ्गसम्म पुगेको र त्यहाँबाट पनि बिरुवाको माग हुने गरेको छ । अधिकारीका अनुसार भन्छन् ‘गतसबर्ष जिर्मलेमा दश लाख भन्दा बढी बिरुवाको माग आएको छ तर बिरुवा उत्पादन भने सात लाख भन्दा बढी गर्न सकिएन, त्यसैले माग पुरा गर्न सकिएन’ हाल प्रतिगोटा चार रुपैयाँमा बिक्री गर्ने गरेका किसानहरुले डाले र बिउबाट उमारेको बिजु दुवै प्रकारको बिरुवा तयार गरेका छन् । छिटो उत्पादनको लागी किसानको रोजाइ डाले बिरुवा र रोग निरोधक र ढुवानीको सजिलोको लागि बिजु बिरुवा रहेको किसानहरुको अनुभव रहेको छ । यता अलैंची विकास केन्द्र फिक्कलले गत वर्ष इलाम र आसपासका जिल्लाहरुका किसानहरुको लागी ५ लाख ५० हजार बिरुवा उत्पादन गरेर वितरण गरेको र यस वर्ष ५ लाख बिरुवा वितरण गर्ने लक्ष्य राखेको बताएको छ । केन्द्रले मात्र किसानहरुको माग धान्न नसकेकोले जिल्लाको माबु, जिर्मले, हर्कटे, फिक्कल, फुएतप्पा, चमैताका किसानहरुलाई प्राविधिक सहयोग गरेर स्वस्थ्य बिजु बिरुवा उत्पादन गरेर समेत किसानहरुलाइ पु¥याइएको बिक्री भइरहेको बताइएको छ ।
जिल्ला कृषि विकास कार्यालय इलामले पनि साखेजुङ्ग र जितपुरका किसानहरुलाई प्राविधिक सहयोग गरेर बिजु बिरुवा उत्पादन गरेर बिक्री वितरण गर्दै आएको छ । अन्य खेतीभन्दा अलैची खेतीबाट बढी आम्दानी हुने भएपछि जिर्मलेका किसानहरु अन्य खेती छाडेर अलैंचीको बिरुबा उत्पादन गर्न नर्सरी गर्न गरेका छन् । जिर्मले पाखे प्रजातिको अलैंची तातो हावापानी समेत फस्टाउने र नयाँ जातको भएको कारण किसानहरुको रोजाइ जिर्मले भएको हो ।
जिर्मलेबाट नेपालको पश्चिमी जिल्लाहरुमा प्रसस्त अलैंचीको बिरुवा निर्यात हुँदा र जिर्मलेमा यातायातको राम्रो व्यवस्था नहुँदा किसानहरुमा समस्या रहेको छ । जिर्मलेका किसान मदन प्रधान, भोलानाथ तामाङ्ग, वेदबहादुर राई, शम्सेर राई लगायत धेरै किसानले भापाका बाहुण्डागीमा जमिन भाडामा लिएर अलैचीको नर्सरी गरेका हुन् । पहिला जिर्मलेको सलकपुरमा मात्र रहेको अलैंची अहिले सबै वडामा विस्तार भएको र जिर्मलेबाट हाल प्रतिडाला ४ रुपैयाँमा बिक्री हुदै आएको अलैंचीको बिरुवा गत वर्ष २५ लाखभन्दा बढी निर्यात भएको थियो । ग्राहकको माग अनुसारको बिरुवा दिन नसकेको कारण पनि यो तरिका अपनाइएको यावा अलैची नर्सरी फारमका प्रोपाइटर शम्सेर राईको भनाइ छ । हाल जिर्मलेमा नेपालको पश्चिमका जिल्लाहरु कञ्चनपुर सम्मबाट बिरुवाको माग आइरहेको राईको भनाइ छ ।
0 comments:
Post a Comment