झ्यालबाट खसेर बालकको मृत्यु

इलाम, २४ वैसाख (चियाबारी संवाददाता)ः झ्यालबाट खसेर इलाममा एक बालकको मृत्यु भएको छ । पाँचथर रानीटार घर भई हाल इलाम नगरपालिका–८ स्थित फुपूको घरमा बस्दै आएका १० वर्षीय अभिषेक राईको बिहीबार राति नौ बजे तिर झ्यालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनी पिपलबोटेस्थित आफ्नै फुपूको घरमा बसेर मन्टेश्वरी बोर्डिङ स्कुलमा अध्ययनरत थिए । झ्यालबाट बान्ता गर्ने क्रममा लडेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन तला माथिबाट बान्ता गर्ने क्रममा अनारको रूखमा बजारिएर मृत्यु भएको प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment