इलाम(करफोक) २५ वैशाखः इलामको करफोक खेल मैदानमा जारी तेस्रो नेपालकप फुटबलमा सशस्त्र प्रहरीको पुर्वाञ्चल टिमले उपाधी उचाल्न सफल भएको छ । शनिबार सम्पन्न प्रतियोगितामा ससस्त्रले काकरभिट्टा फुटवल ट्रेनिङ सेन्टरलाई ३–२ गोलको अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । प्रतियोगितमा काँकरभिट्टाका कर्ण लिम्बुले पहिलो हाफको १२ मिनेटमा पहिलो गोल गरेर टिमलाई अघि बढाएका थिए । त्यसको जवाफमा फुसन मुर्मुले खेलको २५ मिनेटमा ससस्त्रका लागि पहिलो गोल गरेका थिए ।
दुई मिनेट नवित्दै सशस्त्रकै सन्तोष श्रेष्ठले २७ औ मिनेटमा दोस्रो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । काकरभिट्टाको तर्फबाट खेलको ३७ औ मिनेटमा दिलेन लोत्तामले दोस्रो गोल गरेपछि पहिलो हाफमा दुबै टिम बराबरीको अवस्थामा आएका थिए । दोस्रो हाफको ५२ औ मिनेटमा झलक गुरुङले ससस्त्रका लागि अर्को गोल गरेपछि ससस्त्र नेपालकप उपाधीको दावेदार बनेको थियो । ससस्त्रले जेङ्वो सेर्पा लगायतका राष्ट्रिय खेलाडीलाई मैदानमा उतारेको थियो भने काँकरभिट्टाले देवेन तामाङ, सुजन गुरुङ, कर्ण लिम्बु लगायत आधा दर्जन झापा ११ का खेलाडीहरुलाई मैदानमा उतारेको थियो । उ
पाधीसँगै सशस्त्रले १ लाख नगद र ट्रफी हात पारेको छ भने उपविजेता काँकरभिट्टाले ५० हजार नगद पाएको छ । विजेता र उपविजेता टिमलाई प्रमुख अतिथि पुर्व सेनापति रुक्माङ्गत कटुवालले नगद र ट्रफी प्रदान गरेका थिए । स्पोट्स फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालको आयोजनामा शनिबार देखि इलामको करफोक खेल मैदानमा शुरु भएको प्रतियोगितामा नेपाल र भारतका १० टिम सहभागी थिए । पुरस्कारको रकम स्थानीय दानबीर तारा सापकोटाले उपलव्ध गराएका हुन् । प्रतियोगिताको हाइ स्कोर्र र म्यान अफ दि म्याचको उपाधी काँकरभिट्टाका कर्ण लिम्बुले प्राप्त गरेका थिए । वेष्ट प्लेअर अफ दि टुर्नामेन्ट इलाम ११ का प्रदिप विष्टले पाएका थिए । यसअघिका जनकपुरमा पहिलो, इलामको करफोकमा दोस्रो नेपाल कप सम्पन्न भइसकेको छ । तेस्रो प्रतियोगिता समापनका अवसरमा राष्ट्रिय खेलकुद संघका अध्यक्ष लोकबहादुर साहिले करफोकमा दुईवटा प्रतियोगिता सम्पन्न भएकाले नेपाल कपका अन्य सस्करण समेत करफोकमा नै गर्ने योजना रहेको बताए । पहाडी क्षेत्रको सबैभन्दा राम्रो खेल मैदानको रुपमा रहेको करफोक खेल मैदानको विकासमा पनि सहयोगका लागि पहल गर्ने बताए ।
0 comments:
Post a Comment