इलामका खेमराज लिम्बु मलेसियामा अलपत्र, मानसिक रोगको शिकार


मलेसिया, २० जेठः मलेसियाको पेनाङ राज्यको अष्टिनो ग्रुप कम्पनीमा कार्यरत इलामका एक श्रमिक अलपत्र परेका छन् । मानसिक रोग लागेका उनको उपचार हुन सकेको छैन भने नेपाल फर्किन पनि पाएका छैनन् । गत एक वर्षअघि सो कम्पनीमा आएका खेमराज लिम्बुको मानसिक स्वास्थ्य अस्थिर भएपछि कम्पनीले उपचारका लागि पहल गरेको थियो । कम्पनीले लिम्बुको उपचारका लागि मलेसिया स्थित विभिन्न अस्पतालमा लगेको थियो । अस्पतालमा उपचार हुन नसकेपछि लिम्बुलाई घर पठाउन केही नेपाली साथीको साथ लगाएर कम्पनीले विमानस्थल पठाएको थियो । तर उनलाई विमानमा उड्न अयोग्य भन्दै फकाईदिएको थियो ।  कम्पनीले अर्का एक नेपालीलाई एक महिनाको छुट्टी दिएर घर पठाउने व्यवस्था गरेको थियो । मलेसियाको अस्पतालका चिकित्सकहरुले भुत लागेको भन्दै धामी झाँक्री लगाउन सुझाव दिएको थियो । लिम्बुसँगै काम गर्ने साथी सन्तोष साङ्पाङ राईले भने, ‘लिम्बु सुतेको ठाउँबाट उठेर जंगल तिर जाने, हराउने र आफै फिरेर कोठामा आउने गर्छन् । कहाँ गएको थिईस भन्ने प्रश्न गर्दा यही सुतिराको थिए नि, छेउमा दुई वटा सर्प थिए भन्छ ।’ उनले भने, ‘लिम्बुलाई धामी, झाँक्री, मतुवा लगाईयो । चर्च, मन्दिर र गुम्बामा पनि लगियो । तर केही सुधार आएको छैन ।’ राईका अनुस ार करिव ४५ दिनअघि देखि मानसिक अवस्था बिग्रिएको हो ।
बिरामी लिम्बु इलाम जिल्ला सोयाङ गाविस वडा नं. १ निवासी रूद्रसिंह लिम्बुका छोरा भएको उनका साथीहरुले चियाबारी दैनिकलाई जानकारी दिएका छन् । उनी काठमाडौं बालुवाटार स्थित यक्का मेनपार मार्फत मलेसिया गएका हुन् । बिरामी छोरा फर्किने जानकारी पाएपछि रुद्रसिंह लिम्बु ईलामबाट छोरालाई लिन भनी काठमाडौं आएका थिए तर छोरा फर्किन नपाउने खबर पाएपछि उनी इलाम नै फर्किएका छन् । खेमराजको समस्यालाई लिएर हाल उक्त कम्पनी कार्यरत र मलेसियामा रहेका इलामेली श्रमिकहरुले लिम्बुलाई नेपाल फर्काउन सहयोगी हातहरुप्रति अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment