संगिता सुहाङ
पाँचथर, २४ जेठः पाँचथरको सुदुर दक्षिणी लिम्बा गाविसको एक विद्यालयका प्रधानाध्यापकले त्यहाँ कार्यरत शारिरिक अपांगता भएका एक शिक्षकको सञ्चय कोषमा जम्मा हुने रकम हिनामिना गरेको खुलासा भएको छ ।
लिम्बा–९ मा सञ्चालित श्री पञ्चेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक सुर्यमान ग्यावाले सोही विद्यालयमा कार्यरत शिक्षक विद्यानन्द यादवको सञ्चय कोषको चार लाख रकम हिनामिना गरेको खुलेको हो ।
प्रअ ग्यावाले २०६७ सालदेखि हालसम्म आफ्नो सञ्चयकोषमा जम्मा हुनुपर्ने चारलाख रुपैंयाँ हिनामिना गरेको भन्दै पीडित यादवले जिल्ला शिक्षा कार्यालय पाँचथरमा निवेदन दिएका छन् । सञ्चय कोषमा संकलन भएको रकम निकासा माग्न बिराटनगर स्थित सञ्चयकोषको कार्यालयमा जाँदा त्यहाँ केही रेकर्ड नभेटिएपछि खोजी गर्ने क्रममा प्रअले नै रकम जम्मा नगरेको खुलेको पीडितको दाबी छ ।
पैसा चाहिएर सञ्चय कोषमा झिक्न जाँदा २०६७ सालयता एक रुपैंया पनि जम्मा नभएको भन्दै त्यहाँका कर्मचारीले हिसाव देखाएपछि आफूले प्रअलाई के भएको ? भनेर जिज्ञासा राख्दा बिना जवाफ आलटाल गर्दै तीन महिना बिताइदिएपछि जिल्ला शिक्षा कार्यालयसम्म आउनु परेको उनको गुनासो छ ।
यद्यपी आफूले चैत महिनामै जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएपनि चासो नदिएको पनि उनको गुनासो छ । पीडित शिक्षकको बाँया हातको हत्केला र औंला छैनन् । आफूले जम्मा गरेको सञ्चय कोषको रकम हिनामिना भएको थाहा पाएपछि पहिलो पटक दुई दिन हिँडेर सदरमुकाम आएर उनले निवेदन दिएका हुन् । निवेदन दर्ता भएको तीन महिना पछाडी आँउदा पनि प्रकृया अगाडी नबढाएको उनले बताए ।
पटक÷पटक धाइरहेको भएता शिक्षा कार्यालयका विद्यालय निरिक्षक सालिकग्राम काफ्लेका अनुसार अघिल्लो मसान्तभित्र ग्यावावाट साँवा सहित हालसम्मको व्याज भराइदिने बताँउदै आलटाल गरेको उनको आरोप छ ।
जिल्ला शिक्षा अधिकारी राजकुमार विकले उक्त रकम दिलाईदिन शिक्षाले दुई पटकसम्म पत्राचार गरेपनि प्रअले वास्ता नगरेकाले अब विभागिय कारवाही गर्ने तयारी गरेको बताएका छन् ।
0 comments:
Post a Comment