कविता
विनय तिम्सीना
मेरो देश आज विमारी छ ।
सभासद् नामक भाईरलले सङ्क्रमण गरेर
राजनीति भन्ने रोग लागेको छ
छसय एक भईरसको सङ्क्रमण वाट
मेरो देश आज विमारी छ
नेता नामकभाईरले सङ्क्रमण गरेको छ
ठाउँ ठाउँबाट मेरो देशलाई भाइरलले जगेटेको छ
राम्रो खाल्को एन्टीवाईटिकको जरुरी छ
दुई चार त अकालमा मरेर गए
तर मेरो देश मृत्यु सयामा पुग्न लागेको छ
मेरो देश आज विमारी छ
नेता नामकभाईरले सङ्क्रमण गरेको छ
पहिला पनि मेरो देशलाई राजा नमक भाईरलले सङ्क्रमण गरेको थियो
तर त्यो एउटा भईरललाई जनता नामक औषधिले सखाप पारेको थियो
अहिले त ६०१ सभासद नामक भईरलले जगडेको छ
साथमा भ्रष्टचार र विकास विरोधि भाईरस घुसाउँदै छन्
आज मेरो देश विमारी छ ६०१ सभासद् नामक भईरले सङ्क्रमण गरेको छ ।
विनय तिम्सीना, इलाम
0 comments:
Post a Comment