करणी अभियोगमा चोङबाङ पक्राउ


ताप्लेजुङ, २८ असारः ताप्लेजुङमा एक सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार थुकिमा ४ बस्ने २० वर्षीय बुद्धबीर चोङ्बाङ लिम्बू पक्राउ परेका हुन् ।
लिम्बूले आइतबार बालिकालाई ललाई फकाई मकैबारीमा लगेर जबरजस्ती करणी गरेको अभियोग लागेको छ । प्रहरीका अनुसार घटनापछि फरार रहेका लिम्बू सोमबार दिउँसो थुकिमा ६ स्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन् । हाल घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेन्द्रकुमार यादवले जानकारी दिए ।
यस्तै १४ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गर्ने जिल्लाको सावादिन ९ का शेरबहादुर लिम्बू (मन्दिरे कान्छा) लाई जिल्ला अदालत ताप्लेजुङले सात वर्ष कैद र पीडितलाई एक लाख रुपियाँ क्षतिपूर्ति दिलाउनुपर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीस अशोककुमार बस्नेतको इजलासले सो फैसला सुनाएको हो । जिल्ला अदालतका श्रेष्तेदार गोपाल थापाका अनुसार उक्त करणी घटना गत चैत २४ गते घटेको र अदालतमा मुद्दा वैशाख २२ दर्ता भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment