इलाम, २५ असारः इनपा ३ की दिक्षा खवासलाई विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्यको विषयमा चर्चा हुँदा राम्रो विषयमा चर्चा भएन झै लाग्थ्यो । यौन सम्बन्धि साथीमाझ कुरा हुँदा पनि उनी कुरा नसुनेझैं गर्थिन् । उनै दिक्षा हाल विभिन्न युवा समुदायमा यौन तथा प्रजजन स्वास्थ्य अधिकारको विषयमा चर्चा गर्दै हिड्छिन् । नबुझेकालाई यौन तथा प्रजनन स्वास्थ्यको विषयमा ज्ञान बाड्न पाउदा गर्व महसुस गर्छिन् । नेपाल परिवार नियोजन संघ इलामले प्रदान गरेको यौन तथा प्रजनन स्वास्थ्य अधिकार विषयक ५ दिने तालिममा सहभागी भएपछि उनको जीवनमा परिवर्तन आएको हो । उनी हाल नेपाल परिवार नियोजन संघ इलामको युवा उपसमितिकी संयोजक छिन् । इनपा २ का प्रकाश घिमिरेको कथा पनि दिक्षाको भन्दा फरक छैन । यौनका कुरा सुन्न समेत लजाउने प्रकाश हाल यौन तथा प्रजनन स्वास्थ्य अधिकारकै विषयमा इलाममा विभिन्न युवाहरुलाई तालिम दिदै हिड्छन् ।
सोलिड नेपाल र परिवार नियोजन संघ युवा उपसमिति इलामले शनिवार संयुक्त रुपमा आयोजना गरेको यौन तथा प्रजनन स्वास्थ्य अधिकार विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागी भएका युवाहरुमध्ये धेरैले यौनका विषयमा कहिल्यै खुलेर चर्चा गरेका थिएनन् । अनुभवी युवाहरुले यौन तथा प्रजजन स्वास्थ्य अधिकारको कुरा गरेको सुनेर नै पहिलो पटक यस्तो अन्र्तक्रिया कार्यक्रममा भाग लिएका युवाहरुले यौनका कुरा खुलेर प्रश्न गरे र आफ्ना भावना व्यक्त समेत गरे । यौन तथा प्रजजन स्वास्थ्यको विषयमा एडभान्स तालिम लिएर उनीहरुले भविष्यमा यससम्बन्धि ज्ञान समाजमा छर्ने अठोट समेत गरे । कार्यक्रममा युवा अधिकारकर्मीहरु सुदिप श्रेष्ठ, मदन घिमिरे, गोपाल दहाल, टिकाराम पुरी, सञ्जिव राईले सहभागी युवाहरु सहजिकरण गरेका थिए । अन्र्तक्रिया कार्यक्रमपछि युवा सुचना केन्द्रको २५ सदस्सीय नयाँ समिति गठन समेत भएको छ । समितिको अध्यक्षमा सचिन राया, उपाध्यक्षमा सरु गदाल, सचिवमा दुर्वस थापा, सहसचिवमा सुसान्त सापकोटा, कोषध्यक्षमा विन्ध्या कटुवाल रहेका छन् । समितिको सदस्यहरुमा सुजता फुयाँल, प्रमिला कुवँर, सन्ध्या थापा, राजन भण्डारी, सागर अधिकारी, विना अधिकारी, चन्द्रकला लुइटेल, हेमन्त गौतम, साहारा सुब्बा, सोनिया तामाङ, रितिका खवास, सुजन चौहान, संजोग गौतम, केशव गुरागाई, सन्तोषराज पोखरेल, कृष्ण पाठक, सुमन दियाली, सोवित शंकर, सरिता पोमु र निर्मला राई रहेका छन् । समितिले यौन तथा प्रजनन अधिकारको क्षेत्रमा इलाममा सोलिड नेपाल र नेपाल परिवार नियोजन संघ इलामको मातहतमा रहेर कार्य गर्नेछ ।
0 comments:
Post a Comment