विगत तीन दिनदेखिको बाढीपहिरोका कारण देशका विभिन्न भागमा ज्यान गुमाउने मानिसहरुको संख्या ६६ पुगेको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ३१ जना घाइते भएका छन् भने १५ जना मानिसहरु अझै हराइरहेका छन्।
केन्द्रीय दैवी प्रकोप उद्धार समितिले उद्धार तथा राहत कार्यमा आवश्यक सम्पूर्ण जनशक्ति परिचालन गर्ने निर्णय गरेको कामचलाउ सरकारका गृहमन्त्रीले बताएका छन्।
गृह मन्त्रालयका अनुसार बाढीपहिरोका कारण प्यूठान जिल्लामा सबैभन्दा बढी ३१ जनाको ज्यान गएको छ।
हामीले हिजो र आज गरी बाँके जिल्लाका विभिन्न डुबान प्रभावित क्षेत्रबाट १२ सयको हाराहारीमा मानिसहरुलाई सुरक्षित स्थानमा ल्याएर आवश्यक प्रबन्ध मिलाएका छौँ
झंकनाथ ढकाल, सहायक प्रवक्ता, गृह मन्त्रालय
डुवान
त्यसैगरी गुल्मीमा ७ जना, बाग्लुङ्गमा ६, पाल्पा र रोल्पामा चाररचारजना, मकवानपुरमा ३, अर्घाखाँची, रुपन्देही र झापामा दुईरदुईजना र राजधानी काठमाण्डू, दोलखा, सर्लाही, पर्वत र उदयपुरमा एकरएकजनाको ज्यान गएको उक्त मन्त्रालयले जनाएको छ।
बाढीका कारण देशका कतिपय क्षेत्र डुबानमा परेको छ।
गृह मन्त्रालयले प्रभावित क्षेत्रहरुमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको जनाएको छ।
जसअन्तर्गत डुबानमा परेका क्षेत्रबाट स्थानीयबासिन्दाहरुलाई सुरक्षित स्थानमा सार्ने काम पनि भइरहेको छ।
गृह मन्त्रालयका सहायक प्रवक्ता झंकनाथ ढकालले भने, “हामीले हिजो र आज गरी बाँके जिल्लाका विभिन्न डुबान प्रभावित क्षेत्रबाट १२ सयको हाराहारीमा मानिसहरुलाई सुरक्षित स्थानमा ल्याएर आवश्यक प्रबन्ध मिलाएका छौँ। यसैगरी सुनसरी जिल्लाका विपद् प्रभावित मानिसहरुलाई सुरक्षित स्थानमा सारेका छौँ। सप्तरी लगायत अन्य जिल्लाका पनि डुबान प्रभावित बासिन्दाहरुलाई सुरक्षित स्थानमा सार्ने कामहरु गरिरहेका छौँ।”
गृहमन्त्री भीम रावलको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले राहत तथा उद्धार कार्य थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुलाई निर्देशन दिने निर्णय गरेको छ।
सो अनुसार सम्बन्धित निकायहरुलाई निर्देशन समेत दिइसकिएको गृह मन्त्रालयद्वारा केहीबेरअघि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
परिचालन
उद्धार र राहत कार्यमा हेलिकोप्टर परिचालनबारे गृहमन्त्री रावलले भने, “सेनासँग भएका हेलिकोप्टरहरु र आवश्यक परे निजी क्षेत्रका हेलिकोप्टरहरु पनि हामी परिचालन गर्ने सोचमा छौँ।”
केन्द्रीय दैवी प्रकोप उद्धार समितिले प्रभावित क्षेत्रमा आवश्यक खाद्यान्न तथा औषधि पुर्याउन निर्देशन दिइएको बताएको छ।
राहत तथा उद्धारका लागि आवश्यक रकम सबै जिल्लामा पठाउन र जिल्लाको माग अनुसार थपिदिन समेत निर्णय गरिएको मन्त्री रावलले बताए।
मृतकका परिवारलाई तत्कालै रकम उपलब्ध गराउने र त्यो सहयोग जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत अथवा प्रमुख जिल्ला अधिकारीबाट प्राप्त हुनेगरी रकम निकासा गरिसकेका छौँ
भीम रावल, गृहमन्त्री
उनले थपे, “मृतकका परिवारलाई तत्कालै रकम उपलब्ध गराउने र त्यो सहयोग जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत अथवा प्रमुख जिल्ला अधिकारीबाट प्राप्त हुनेगरी रकम निकासा गरिसकेका छौँ।”
अधिकारीहरुका अनुसार नारायणी र राप्ती लगायतका ठूला नदीहरुमा पानीको मात्रा अझै खतराको तहमा रहेको छ।
बाढीको सम्भावित खतरालाई मध्यनजर गर्दै खासगरी तटीय क्षेत्रका मान्छेहरुलाई सजग रहन आग्रह गरिएको अधिकारीहरुले बताएका छन्।
0 comments:
Post a Comment