सफरको ट्रेलर सार्बजनिक, बटुल्दै उत्कृष्ट प्रतिक्रिया (भिडियो सहित)


युवा फिल्म्सको ब्यानरमा तयार फिल्म ‘सफर’ को ट्रेलर सार्वजानिक गरिएको छ । आइतबार राती अमेरिकाको डलासमा विशेष कार्यक्रम आयोजना गरी ट्रेलर सार्वजानिक गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बरिस्ठ निर्देशक नारायण पुरी उपस्थित हुनुहुन्थ्यो ।
सार्वजनिक ट्रेलरले युवाहरुले जिन्दगीलाई हेर्ने फरक दृस्टिकोण, ती युवाको विदेशी जीवनशैलीप्रतिको क्रेज, युवावस्था र प्रेम सबैको सेरोफेरोमा घुमेको देखाईएको छ । तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको यो फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा भएको छ ।
फिल्ममा मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठलाई मुख्य भूमिकामा देख्न सकिन्छ । आशिष श्रेष्ठको सम्पादन र निर्देशन रहेको सफरमा केशव खड्काको कथा छ ।
असोज १४ बाट नेपाल र अमेरिकामा एकैसाथ प्रदर्शनमा आउने फिल्ममा सत्यराज आचार्य, धर्मेन्द्र सेवान र उज्वल मेघी गुरुङको म्युजिक सुन्न सकिन्छ । गीत भने उत्तम भौकाजी, अर्जुन सुवेदी र उज्वल मेघी गुरुङले लेखेका हुन् ।  https://www.youtube.com/watch?v=4jzHe5ti7vM
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment