प्रदेश नम्बर १ बाट उपाध्यक्ष पदका लागि नेवि संघका पुर्व जिल्ला अध्यक्ष विष्णु कार्कीै सहितले उम्मेद्धारी दिएका छन् ।
नेविसंघ इलामका अध्यक्ष डिकेन्द्र इदिङ्गोका अनुसार महिला सदस्यमा नेवीसंघ इलामकी जिल्ला सदस्य प्रेमिका राना र सदस्यमा संघका जिल्ला सचिव लक्ष्मण चौलागाई र देवेन्द्र सुवेदीले उम्मेद्धारी दिएका छन् ।
प्रदेश नम्बर एककमा लागि पाँचथरमा पाँच भन्दा बढि र ताप्लेजुङमा तीन जना चुनावी मैदानमा रहेको अध्यक्ष इदिङ्गाले जानकारी दिए ।
काठमाडौं।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको ११औं महाधिवेशनको बुधवार दिउँसोबाट शुरु भएको मतदान रातभर मतदान गराएर विहान सम्ममा सकिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मत खसाल्नका लागि महाधिवेशन प्रतिनिधीहरु रातभर लाइनमा बसेका थिए। महाधिवेशन प्रतिनिधीहरु बर्षाको प्रतिकुल मौसमको वावजुद पनि मत खसाल्न प्रतिक्षारत थिए।
निर्वाचन समितिका सदस्यहरुले मतदान राति २ वजेसम्म सकिने आँकलन गरेपनि विद्युतीय भोटिङ मेसिनमा मतदान गर्ने प्रक्रिया देखिएको अलमलले पनि धेरै समय लागेको बताइएको छ। महाधिवेशन प्रतिनिधीहरुले मत हाल्ने तरिका सिक्दै प्रयोग गर्दा समेत निकै समय लागेको निर्वाचन समितिका पदाधिकारीहरुको भनाई छ।
नेविसंघका महाधिवेशन प्रतिनिधीहरु ३८ सय बढी रहेका छन्। रातभर मत खसाल्न लाइनमा बसेकाहरुले नेविसंघको ९ बर्षपछि भएको महाधिवेशनमा नेतृत्व चयनका लागि भएको लोकतान्त्रिक अभ्यासमा सौहार्दपूर्ण रुपमा सहभागिता जनाएका थिए।
प्रविधिमैत्री मतदान भएपनि पट्यारिलो ढिलाइका कारण रातभर मतदान भएपनि ११ औं महाधिवेशन १२औं दिनमा समापनउन्मुख भएकोमा विद्यार्थी नेता युवराज पाण्डेले सबै विद्यार्थी प्रतिनिधीहरुलाई वधाई दिएका छन्। ६ दे्खि ८ घण्टासम्म लाइनमा बसेर आफूहरुले मत खसालेको पाण्डेले बताए।
0 comments:
Post a Comment