इलाम, १४ भदौः लगनपछिको पोतेको के काम होला ? काम छ नि ।। बिहे पछि श्रृङ्गारिएर बस्नका लागि । तर लगनको समयमा पोते भएन भएन भने नि ? जिल्ला विकास समिति इलाम भित्रको बेथितिको अर्को उदाहरण । यस वर्षको वर्खा सकियो लगभग । पानी पर्नुपर्ने मुख्य समय बितिसकेको छ । दशैंताका देखिने निलो आकाश अब केहि दिनमै देख्न मिल्छ होला तर जिल्ला विकास समिति इलामले वर्खा अघिनै बाड्न खरिद गरेको जस्ता पाता जिविस परिसरमै थन्किएर बसेको छ । ४७ वटा संघ, संस्था र व्यक्तिले सो जस्तापाता उपलब्ध गराउन जिविस इलाममा विन्तीपत्र टक्राएको पनि धेरै समय बितिसकेको छ । आर्थिक वर्ष २०७२÷७३ को विकास अनुदानको रकमबाट खरिद गरिएको एकसय बण्डल जस्तापाता नयाँ आर्थिक वर्षको दोस्रो महिनामा आइसक्दा पनि जिविस इलामले वितरण नगरेको हो ।
यसै गरी आर्थिक वर्ष ०७२÷७३ मा रोयल्टी व्यवस्थापन कार्य अन्र्तगत प्राप्त रकम मध्येबाट खरिद गरिएको विद्युतको तार पनि जिविस परिसरमै लडिरहेको देख्न सकिन्छ । गत आर्थिक वर्ष कै रकमहरुबाट खरिद गरिएको जस्तापाता र विद्युतको तार किन समयमा वितरण भएन, सो को उत्तर खोज्न जिविस इलाममा मंगलबार दिउसो हामी पुग्दा स्थानीय विकास अधिकारी मदन कोइराला र सुचना अधिकारी छविलाल खतिवडा कार्यालयमा भेटिएनन् । साँझमा फोन सम्पर्क गर्न खोज्दा सुचना अधिकारीको फोन सम्पर्क हुन सकेन भने स्थानीय विकास अधिकारीले फोन काटेर केहि क्षण पछि आफु मिटिङमा भएको सन्देश एसएमएस मार्फत पठाए ।
0 comments:
Post a Comment