पार्किङ शुल्कको विवाद सात दिनलाई सुल्झयो


इलाम, २९ साउनः बिहीबारबाट इलाम बजारमा यातायात पार्किङ शुल्क बृद्धिको विषयमा आन्दोलनरत यातायात व्यवसायी, इलाम नगरपालिका, जिल्ला विकास समिति इलाम, जिल्ला प्रशासन कार्यालय इलाम र ठेक्का बोलकर्ता बीच शनिबार भएको एक भेलाबाट पार्किङ शुल्कको सात दिन भित्र साझा अवधारण बनाउन एक समिति गठन भए पछि आन्दोलन स्थगित भएको छ ।  प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा भएको भेलामा आन्दोलनरत यातायात व्यावसायी, राजनीतिक दल, जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । भेलाले नगरपालिका कार्यालयको संयोजकत्मा पार्किङ शुल्क उठाउने ठेकेदार, आन्दोलनरत यातायात व्यवसायी, संघ संस्था समेतको सहभागितामा समिति गठन भएको हो । समितिले सात दिन भित्रमा पार्किङ शुल्क सम्बन्धिको समस्यालाई साझा अवधारण बनाएर समाधान गर्दै लैजाने निर्णय गरेको छ ।
नगरपालिकाले लगाएको पार्किङ शुल्कमा साविकको शुल्कमा तेह्र प्रतिशत भ्याट सहित शुल्क उठायन थाले पछि यातायात व्यावसायीले आन्दोलन थालेका थिए । इलाम नगरपालिकाका प्रसाशकिय अधिकृत रामकुमार शाहका अनुसार– ‘अब समिति बनेको छ समितिले सात दिन भित्र साझा अवधारण तयार गर्ने छ र समस्या समाधान हुनेछ । साझा धारण नआउँदा सम्म ठेक्केदारले नगरपालिका भित्र पार्किङ शुल्क पनि उठाउँदैन ।’ पूर्वेली ट्याक्सी व्यवसायी संघका अध्यक्ष गृष्म सुब्बा भन्छन्– ‘साझा अवधारणा बनाउन समिति वनेको छ सात दिन भित्रमा समस्या सामधान हुनेछ ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment