दिक्षा कट्टेल
सिद्धिथुम्का, १३ भदौः जिल्लाको पश्चिमी सिद्धिथुम्का गाविसमा बृद्ध भत्ताको चरम दुरुपयोग हुने गरेको तथ्य बाहिर आएको छ । गाविसमा रहेका अधिकांस बृद्धहरु समाजिक सुरक्षा कार्यक्रम वापतको बृद्ध भत्ता पाउने बित्तिकै भट्टी छिर्ने गरेका छन् । सत्तरी वर्ष भन्दा माथिका बृद्धबृद्धाहरुलाई सरकारले प्रति महिना एक हजार रुपैंयाँ भत्ता दिने गरेको छ भने तीन–तीन महिनामा उनीहरुले भत्ता बुझ्ने गरेका छन् । कतिपय बृद्धले एकै बसाईमा नैं तीन हजार रुपैंयाँ नैं सकाउने समेत गरेका छन् । मदिरा, मासुसँगै कहिलेकाही उनीहरु जुवाको खालमा समेत बस्ने गरेको स्थानीयबासी बताउँछन् । तर उनीहरुको अधिकांस रकम भने रक्सीमा नैं सकिने गरेको छ ।
यसरी भत्ता पाएर भट्टीमा छिर्ने अधिकांस बृद्धहरुको तर्क भने बेग्लै छ । ‘भत्ता भनेको नै कहिलेकाही रमाईलो गर्न दिएको त हो नि । लाउन, खान त छोराहरुले दिइ नै हाल्छन नि ! बृद्ध भत्ता भनेकौ यसो तलतल लाग्दा रमाईलो गर्न हो ।’ गाविसका एक बृद्धले बताए । उनी मात्र होइन अधिकांस बृद्धहरुको भनाई यस्तै छ । यसरी रक्सीमै भत्ता सकाउनेहरु कतिपय बिरामी भएर औषधी सेवन गरिरहेकाहरु पनि छन् । यस विषयमा जानकारी राख्न गाविसका सचिव युवराज घोर्साइलाई सम्पर्क गर्दा उनको दुवै मोबाईल स्वीच अफ पाईयो ।
0 comments:
Post a Comment