हड्तालले इलामका विद्यालय प्रभावित


इलाम, ३१ साउन (चियाबारी संवाददाता): नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आहृवान गरेको हड्तालका कारण इलाम लगायत देशभरका शिक्षण संस्थाहरु प्रभावित भएका छन् । क्रान्तिकारीले निजी स्कुल तथा कलेजको चर्को शुल्क खारेज, पुँजी र विद्यार्थी पलायन रोक्न, यातायात, स्वास्थ्य, मनोरञ्चनका क्षेत्रमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन, २० प्रतिशत छात्रवृत्ति प्रदान गर्न माग गर्दै सोमबार र मंगलबार शैक्षिक हड्तालको आव्हान गरेका छन् । आफ्ना माग पुरा नभए चाँडै नै अनिश्चितकालिन हड्तालमा उत्रिने चेतावनीसमेत क्रान्तिकारीले दिएको छ ।  शैक्षिक आम हड्तालका कारण देशभर अधिकांश शैक्षिक संस्थाको पठन पाठन प्रभावित भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment