‘पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक रातिदेखि अवरुद्ध’


चितवनको कालीखोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक रातिदेखि अवरुद्ध हुन पुगेको छ । आज बिहान करिब साढे १ बजे पहिरो खसेर अवरुद्ध भएको सडक अझै सञ्चालनमा आउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडकमा खसेको पहिरो पन्छाउने काम जारी रहेको छ । डोजरको सहयोगमा प्रहरीले पहिरो पन्छाउने काम गरिरहेको र बाटो खुल्न अझै समय लाग्ने जनाइएको छ । पहिरोले सडक बन्द भएपछि अहिले चितवनबाट काठमाडौँ र पोखरा जाने–आउने सयाँै सवारी बीच बाटोमै अलपत्र परेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment