इलाम, २१ भदौ ः नेपाल विद्यार्थी संघ, महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले रात्रीको समयमा इलामका फार्मेसी सञ्चालन गर्नुपर्ने माग राखेको छ । राती औषधि नपाउदा सर्वासधारण तथा विद्यार्थीले सास्ती भोगेका भन्दै संघले जिल्ला प्रशासन कार्यालय इलामलाई रात्रीको समयमा फार्मेसी सञ्चालन गर्न अनुरोधपत्र बुझाएको हो । पत्रमा उच्च शिक्षा ग्रहण गर्न इलाम सदरमुकाममा आश्रित भएका साथै बाहिरबाट आएका हजारौँ विद्यार्थी तथा सर्वसाधारणले फार्मेसीबाट अत्यावश्यक औषधि नपाईरहेको उल्लेख गरिएको छ । जिल्ला अस्पताल इलाममा सामुदायिक औषधि कार्यक्रम अन्र्तगत सञ्चालित फार्मेसी मात्र रात्रीको समयमा सञ्चालन भएपनि सिमित औषधि मात्र उपलब्ध भएकोले सेवाग्राहीले खोजेको औषधि नपाउने व्यहोरा पत्रमा उल्लेख छ । नेपाल विद्यार्थी संघ, महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका ईकाइ अध्यक्ष सन्तोष गौतमद्वारा हस्ताक्षरित पत्रमा रात्रीको समयमा औषधी नपाउने संकटबाट इलामलाई मुक्त गर्न साथै यस विषयलाई गम्भीर रुपमा लिइदिन समेत इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल समक्ष समाधानका केहि उपायहरु सहित अनुरोध गरिएको छ । औषधि व्यवसायी संघसँग समन्वय गरेर जिल्ला प्रशासन कार्यालय इलामले व्यवसायीको सुरक्षाको प्रत्याभुति गराउनुपर्ने, व्यवसायीले आलोपालो कार्यतालिका बनाई रात्रीको समयमा फार्मेसी खोल्नुपर्ने लगायतका सुझावहरु अनुरोधपत्रमा उल्लेख छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment