लोकतन्त्रमा जिविस इलामको अङ्कुस


इलाम, २१ भदौः जिल्ला विका समिति इलामले समानुपातिक रुपमा विभिन्न पत्रपत्रिकाहरुलाई विज्ञापन प्रदान गर्दै आएकोमा जिविस इलामको अनियमितताको समाचार प्रकाशन गर्ने चियाबारी दैनिकलाई यसपटक विज्ञापन दिएन । जिविस इलामको समाचार चियाबारीमा प्रकाशित भएपछि मात्र चियाबारी दैनिकलाई विज्ञापनमा रोक लगाइएको हो । नेपाल सरकारले समानुपातिक विज्ञापन निर्देशिका लागु गरिसकेको अवस्थामा जिविस इलामले विज्ञापनमा रोक लगाएको हो । हरेक नागरिकलाई सहि सुचना प्रदान गर्दै सुसुचित गर्न तथा विभिन्न निकायमा बढ्दो बेथितिलाई खबरदारी गर्ने पत्रिकालाई समाचार लेखेकै आधारमा जिविस इलामले पुर्वाग्रही रुपमा विज्ञापन नदिएको हो । 
स्वतन्त्र सञ्चार संस्थालाई लोकतन्त्र स्थापना भएको एघार वर्ष पुरा भइसक्दा जिविस इलामले अंकुश लगाउने कार्य गरेको हो । जिविस इलामले इलामबाट मङ्गलबार प्रकाशित अन्य पत्रिकालाई विज्ञापन प्रकाशन गर्न दिएको थियो । यस विषयमा जिविस इलामका सुचना अधिकारी छविलाल खतिवडालाई फोनमार्फत सोध्दा लेखा शाखामा सोधेर आफुले बुझ्नुपर्ने बताए । उनले त्यसो भएको हो भने बेलुका सम्ममा विज्ञापन प्रकाशनका लागि पत्र पठाउने बताए । उनले भने, ‘चियाबारीलाई विज्ञापनमा रोक लगाएको त नहुनुपर्ने हो ।’ तर पत्रिकाको लेआउट बेलुका ८ बजे तयार गर्दासम्ममा जिविस इलामको कुनै पत्र प्राप्त भएन । समाचार लखेकै भरमा सरकारी कार्यालयले सञ्चारमाध्यमलाई भेदभाव गर्न नहुने नेकपा एमालेका सचिव महेश बस्नेतले बताए । उनले भने, ‘गलत समाचार छापिएको भए खण्डन गर्नुप¥यो, भेदभाव होइन ।’ नेपाली काङ्ग्रेसका सचिव निरोज खड्गीले लोकतन्त्रमा विज्ञापनमा भेदभाव गरेर स्वतन्त्र सञ्चारमाध्यमलाई जिविसले अङ्कुश लगाउन नहुने बताए । उनले भने, ‘जिविसले समाचार लेखेकै कारण किन त्यसो किन ग¥यो, म खोजी गर्छु, हाम्रो पार्टीले खोजी गर्छ ।’ नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज धिरेन्द्र शर्मा रमणले सञ्चारमाध्यममा कुनै पनि बहानामा अङ्कुश लगाउन नहुने बताए । उनले भने, ‘समाचार लेखेका कारण जिविसले भेदभाव गरेको हो भने गलत भयो ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment