इलाम २९ भदौं : इलाममा स्थानीय तह पुर्नसंरचना प्राविधिक समितिले जिल्लाको दुुईवटा पुुर्नसंरचनाको खाका केन्द्रमा पठाउने भएको छ । जिल्लाका स्थानीय तथा राजनैतिक दलहरुको छलफलपछि जिल्लाको स्थानीय तह मापदण्ड अनुसारको आठ र दश वटा क्लस्टरमा विभाजन गर्नेगरी खाका तयार पारेर केन्द्रमा पठाउन लागेको बुुधबार सदरमुककाममा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
राजनैतिक दलसँगको छलफलमा प्राविधिक सहयोग समिति र विभिन्न राजनैतिक दलले आ–आफ्नो खाका प्रस्तावका रुपमा पेश गरेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल र राप्रपा लगायत दलहरुले छुट्टाछुट्टै खाका छलफलका लागि प्रस्तुत गरेका थिए ।
छलफलपछि भएको राय सहितको सहमतिमा दश वटा क्लस्टरमा तीन नगरपालिका र सात गाउँपालिका बनाउने प्रस्ताव छ भने आठवटा क्लस्टरमा तीन नगरपालिका सहित पाँच गाउँपालिका बनाउने जनाइएको छ । जिल्लामा तयार पारिएको खाका शुक्रबार सम्ममा मन्त्रालयमा पठाइने प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी मदन कोइरालाले जानकारी दिए ।
प्रस्तावित दुुइवटै खाकामा जिल्लाका राजनैतिक दलहरुले सहमती जनाएका छैनन् । दश वटा क्लस्टरमा नेकपा एमाले र नयाँशक्ति पार्टीले सहमती जनाएका छैनन् भने आठवटा खाकामा नेपाली काङ्ग्रेस लगायत केही अन्य दलहरुले सहमती जनाएका छैनन् ।
उता दशवटा क्लस्टरमा पठाउन लागिएको फाकफोकथुुम गाउँपालिकाको केन्द्र रुपाटार राखिएको छ भने अन्य चार स्थानलाई वैकल्पिक केन्द्रका रुपमा छनौट गरेर केन्द्रमा पठाउन लागिएको छ । यसले पनि जिल्लामा विवाद ल्याउने जानकारहरु बताउँछन् ।
जिल्लामा गठन गरिएको प्राविधिक सहयोग समितिले पनि यसमा वास्ता नगरेको स्थानियबासी बताउँछन् । राज्य पुर्नसंरचना प्राविधिक सहयोग समितिले आयोगमा पठाउने ८ स्थानीय तहको ढाँचा यसप्रकार रहेको छ ।
१) माई गाउँपालिकामा महमाई, दानाबारी, चिसापानी र लक्ष्मीपुर गाविसको वडा नं. ५ रहेकोछ । जसको केन्द्र शितली बजार, गोलटार दानाबारी रहने र यस गाउँपालिकाको जनसंख्या ३० हजार ५ सय ७६ हुनेछ भने आठ वटा वडा रहनेछ ।
२) फाल्गुनन्द गाउँपालिकामा बाँझो, साकफारा र चुलाचुली गाविस रहेको छ । यसको केन्द्र शिखरकटेरी रहने र यस गाउँपालिकाको जनसंख्या ३० हजार ८ सय ३२ रहेको छ भने आठ वटा वडा रहनेछ । माङसेबुङ यस गाउँपालिकाको वैकल्पिक नाम समेत तय गरिएको छ ।
३) फाकफोकथुम गाउँपालिकामा इभाङ, गजुरमुखी, लुम्दे, फुएतप्पा, आमचोक, फाकफोक, एकतप्पा र चमैताको वडा नं. ९ रहेको छ । यसको केन्द्र देउमाई दोभान आसापास तय गरिएको र यसको गाउँपालिकाको जनसंख्या ३० हजार १ सय १० रहनेछ भने आठ वटा वडा हुनेछ ।
४) देउमाई नगरपालिकामा देउमाई नगरपालिका, जीतपुर, सिद्धिथुम्का, शान्तिडाँडा, साखेजुङ, पुवामझुवा र साङरुम्बाको ७, ८, ९ नं. वडा, चमैताको वडा नं. ९ बाहेक सबै भाग रहेको छ । यसको केन्द्र देउमाइ न.पा. रहने र यस न.पा.को जनसंख्या ४० हजार १ सय ९१ तथा दश वटा वडा कायम गरिएको छ ।
५) इलाम नगरपालिकामा इलाम नगरपालिका, गोदक, सोयाक, बरबोटे, सुम्बेक, सुलुबुङ, माईपोखरी, माईमझुवा, माबु र साङरुम्बाको वडा नं. ७, ८, ९ नं. वडाहरु रहनेछ । यस न.पा.को केन्द्र इलाम नगरपालिका नैं रहनेछ भने जनसंख्या ५४ हजार १ सय ३७ रहनेछ । यस न.पा.मा १३ वटा वडा कायम गरिएको छ ।
६) माइजोगमाइ गाउँपालिकामा नयाँबजार, जमुना, जोगमाईको १ देखि ७ नं. वडा, नामसालिङ, सोयाङ र प्याङ रहनेछ । यस गाउँपालिकाको केन्द्र नयाँबजार गाविस कार्यालय रहनेछ भने २४ हजार २ सय ६४ रहनेछ तथा ७ वटा वडा कायम गरिएको छ ।
७) सुर्योदय नगरपालिकामा सुर्योदय नगरपालिका, समालबुङ्ग, श्रीअन्तु, पशुपतिनगर, गोर्खे, जोगमाई ८ र ९ नं. वडा रहनेछ । यस न.पा.को केन्द्र सुर्योदय न.पा.मा रहनेछ भने जनसंख्या ४९ हजार ९ सय ४७ रहनेछ । यस न.पा.मा १२ वटा वडा कायम गरिएको छ ।
८.) रोङ गाउँपालिकामा कोल्बुङ, इरौंटार, जिर्मले, शान्तिपुर र लक्ष्मीपुरको ५ नं. वडा बाहेक सबै वडा रहनेछ । यस गाउँपालिकाको केन्द्र कोलबुङ रहनेछ भने जनसंख्या २५ हजार ८ सय ९५ रहेको र ७ वटा वडा कायम गरिएको छ ।
विकल्पको रुपमा जिल्लाको राजनैतिक दलहरुको सहमतिमा पुर्नसंरचित १० स्थानीय तह जसमा (७ गाउँपालिका र ३ नगरपालिका)को अन्तिम खाका यस प्रकार रहेको छ ।
१) फाल्गुनन्द गाउँपालिकामा चुलाचुली गाविस र साकफारा वडा नं. १ र २ रहनेछ जसको केन्द्र पेल्टीमारी रहनेछ भने जनसंख्या १९ हजार २ सय ७६ तथा ५ वटा वडा संख्या राखिएको छ ।
२) माङसेबुङ गाउँपालिकामा इभाङ्ग, बाँझो गाविस र साकफारा वडा नं. ३ देखि ९ सम्म रहनेछ जसको केन्द्र इभाङो चतुरे बजार रहनेछ भने जनसंख्या १६ हजार ६ सय ५४ तथा ६ वटा वडा कायम गरिएको छ ।
३) माइ गाउँपालिकामा महमाई, दानाबारी, चिसापानी गाविस र लक्ष्मीपुर वडा नं. ५ रहनेछ जसको केन्द्र शितली–गोलटार दानाबारी रहनेछ भने जनसंख्या ३२ हजार ५ सय ७६ तथा वडा संख्या ९ कायम गरिएको छ ।
४) फाकफोकथुम गाउँपालिकामा गजुरमुखी, लुम्दे, फुएतप्पा, आमचोक, फाकफोक, एकतप्पा गाविस र चमैता वडा नं. ९ रहनेछ, जसको केन्द्र रुपाटार रहनेछ भने जनसंख्या २५ हजार १२ रहने तथा वडा संख्या ८ कायम गरिएको छ । यस गाउँपालिकाको वैकल्पिक केन्द्रमा फुएतप्पा पुच्छार दशमी, आमचोक, देउमाइ फाकफोक दोभान र खड्कुडे नवमीलाई समेत तोकिएको छ ।
५) देउमाइ नगरपालिकामा देउमाइ नगरपालिका, जीतपुर, सिद्धिथुम्का, साङ्गरुम्बा ७, ८ र ९, शान्तिडाँडा, चमैता १ देखि ८ नं. सम्म रहनेछ । यसको केन्द्र देउमाइ नपाको कार्यालय रहने र जनसंख्या ३३ हजार २ सय १९ तथा वडा संख्या ९ कायम गरिएको छ ।
६) इलाम नगरपालिकामा इलाम नगरपालिका, गोदक, सोयाक, साङ्गरुम्बा १ देखि ६, पुवामझुवा ५ बाहेक सबै, बरबोटे, सुम्बेक, साखेजुङ र माइपोखरी १, २ र ३ वडा रहेका छन् । यस न.पा.को केन्द्र इलाम नपा. रहने, जनसंख्या ४७ हजार ८ सय २२ तथा वडा संख्या १२ कायम गरिएको छ ।
७) माइजोगमाइ गाउँपालिकामा नयाँबजार, जोगमाइ १ देखि ७, नामसालिङ, सोयाङ र प्याङ रहनेछ । यस गाउँपालिकाको केन्द्र नयाँबजार गाविस कार्यालयमा हुनेछ भने जनसंख्या २१ हजार ६४ तथा वडा संख्या ६ कायम गरिएको छ ।
८) सुर्योदय नगरपालिकामा सुर्योदय नगरपालिका, गोर्खे, समाल्बुङ, श्रीअन्तु, पशुपतिनगर, लक्ष्मीपुर ५ बाहेक सबै, जोगमाइ ८ र ९ रहनेछ । यस न.पा.को केन्द्र सुर्योदय न.पा. कार्यालय फिक्कल हुनेछ भने जनसंख्या ५६ हजार ६ सय ९१ तथा वडा संख्या १४ कायम गरिएको छ ।
९) रोङ गाउँपालिकामा कोल्बुङ, इरौंटार, जिर्मले र शान्तिपुर रहेका छन् । यसको केन्द्र कोल्बुङ गाविस भवन रहनेछ भने जनसंख्या १९ हजार १ सय ३६ तथा वडा संख्या ६ कायम गरिएको छ ।
१०) सन्दकपुर गाउँपालिकामा पुवामझुवा गाविसको ५ नं वडा मात्र, माईमझुवा, माइपोखरी ४ देखि ९ सम्म, सुलुबुङ, माबु, जमुना रहनेछ । यसको केन्द्र देउराली बजार रहनेछ भने जनसंख्या १६ हजार ४ सय ८७ तथा वडा संख्या ५ कायम गरिएको छ ।
0 comments:
Post a Comment