इलाम, २३ भदौ : पञ्चकन्या माई हाइड्रो पावरले २७ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । पञ्चकन्या माई नेपालको औद्योगिक घराना पञ्चकन्या समूहले प्रवद्र्धन गरेको जलविद्युत आयोजना हो । इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट ९.९८ मेगावाट विद्युत उत्पादन भई सकेको छ । हालै यो आयोजनालाई १२ मेगावाटमा क्षमता बृद्धि गरिएको छ । साथै ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी (क्यास्केड) जल विद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी पनि कम्पनीले दिएको छ । पञ्चकन्या माई हाइड्रो पावरको आयोजना प्रभावित गाविसका बासिन्दालाई कम्पनीले ११ करोड रुपैयाँको ११ लाख कित्ता शेयर दिने जनाइएको छ । सर्वसाधारणको लागि १६ लाख ५० हजार कित्ता शेयर निष्कासन हुने छ । कम्पनीले कुल २७ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक निष्कासन गर्न लागेको हो । शेयर निष्कासनका लागि बिहीबार कम्पनीले एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
शेयर निष्कासन सम्झौतामा हाइड्रो पावरका तर्फबाट कार्यकारी निर्देशक सन्तोषकुमार प्रधान तथा एनसिएम मर्चेन्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक विजयलाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले हस्ताक्षर गरे । निकट भविष्यमा शेयर सर्वसाधारणमा जारी गर्ने कम्पनीले जनाएको छ ।
0 comments:
Post a Comment