गोविन्द पौडेल
जिर्मले, २३ भदौः विभिन्न रोगको कारण मासिदै गएको अलैंची पुर्नस्थापित गराउँदै गएका जिर्मलेका किसानहरु यतिबेला अलैंचीको फल टिपाइमा ब्यस्त रहेका छन् । सामान्यतय श्रावणको पहिलो साताबाट असोजको पहिलो सातासम्ममा टिपाइ गरिसक्नुपर्ने अलैची जिर्मलेको कम उचाईंका भागहरुका किसानहरुले टिपेर सुकाई बजार सम्म पु¥याइ सकेका छन् भने माथिल्लो भागको किसानहरुले धमाधम टिपाइ गरिरहेका छन् ।
इलामको अधिकांस स्थानहरुमा मासिदै गएको अलैंची जिर्मलेमा भने पूर्ण रुपमा पुर्नस्थापना भएको छ । यस वर्ष जिर्मलेको उत्पादन करिब चौधसय मन जति हुने अनुमान गरिएको छ । नयाँ जातको अलैंचीको शुरुवात गर्ने सलकपुरमा पाँचयय मन र अन्य वडाहरुमा नौ सय मन उत्पादन हुने अनुमान रहेको छ । जिर्मलेको एक किसानले अधिकतम पैंत्तीस मन सम्म उत्पादन गरेका छन् । जसमा अन्ठानब्बे प्रतिशत नयाँ प्रजातिको जिर्मले जातको अलैंची रहेको छ । अलैंची खेतीमा सरकारी पक्षले हालसम्म कुनै सहयोग नगरेको गुनासो गर्ने जिर्मलेका किसानहरुले आफ्नै अनुभवले अलैंचीको खेती गरेको भएपनि यसको सिको गदै नेपालको अधिकांस जिल्लामा जिर्मले जातको अलैंचीको बिस्तार भएको छ । अहिले फल टिपाइ हुने क्रममा अलैंची किसानहरुलाई मुसा र काला जस्ता जंगली जनावरहरुले दिक्दार बनाएको छ । लखेट्न समेत नसकिने र फल खाएर दिक्दार बनाउने क्रममा मुसा नियन्त्रणको लागि विषादी प्रयोग प्रभावकारी भएपनि काला धपाउन कठिन रहेको किसानहरुको अनुभव रहेको छ । उत्पादनको शुरुमा मुल्य उच्च हुने भएपनि क्रमसः मुल्य घट्ने पिडामा रहने किसानहरुको लागि अबको दिनमा विश्व बजारको लागि गुणस्तर सुधारको आवश्यक महशुस गरेको अलैंची किसानहरुको लागि जिर्मलेलाई अलैचीको पकेट क्षेत्र मानेर जिल्ला कृषि विकास कार्यालयले सुधारिएको भट्टी र अलैंची प्रसोधनको कार्यक्रम संचालन गर्नुपर्ने जिर्मलेको अगुवा किसान शमसेर राईको धारण रहेको छ ।
0 comments:
Post a Comment