याम माबोहाङ लिम्बू
इलाम, २२ भदौ ः ग्रामिण पुनःनिर्माण नेपालले माहुरी पालेर मह उत्पादन गर्ने उद्योगीलाई एक लाख पञ्चानब्बे हजार बराबरको उद्योग सामग्री प्रदान गरको छ । पर्या उद्यमीको रुपमा सात दिने व्यवसायिक माहुरी पालन तालिम पश्चात बुधबार इलाममा भएको समापन समारोहमा सामग्री हस्तान्तरण गरिएको हो । तालिममा सहभागी प्रशिक्षार्थीलाई माहुरी पाल्नका लागि आवश्यक पर्ने एक सय बीस थान औजार प्रदान गरिएको छ । उनिहरुलाई पञ्जा, घुम्टी, धुवाँदानी, नरम ब्रस, खस्रो ब्रस, रानी छेक्ने पाटा, रानी पिँजडा, आहारा दानी, मौरी पक्ड्ने थैली, मौरीको घार लागयतको ११–११ थान सामाग्री प्रदान गरिएको तालिम प्रशिक्षक तथा रुपाखेति सप्लार्यसका प्रोपाइटर लेखनाथ दाहालले जानकारी दिए । समापन समारोहको अवसरमा तालिममा सहभागीले उद्योग सञ्चालनका लागि सहज रुपमा ऋण अनुदान राज्यबाट पाउँनु पर्ने बताए । उनीहरुले पूँजीगत अनुदान र सीपले मात्र व्यवसायिक सफलता हासिल गर्न सकिने भएकोले यसको लागि सरकारी नीति बन्नुपर्नेमा जोड दिए । सहभागीले भने ‘हामी व्यवसाय गर्न तयार छौं तर राज्यले सहुलियत ऋण अनुदान लगानी गरिदिनु पर्छ ।’ कृषकले उत्पादन गरेको उत्पादनले उचित बजार भाउ नपाएको भन्दै उचित बजार समेत खोजीदिन राज्यसँग आग्रह गरे ।
स्थानीय स्रोतमा जीविकोपार्जन गर्न सकिने माहुरी पालन किसानका घर–घरमा व्यवसायलाई प्रवद्र्धन गर्न सकेको खण्डमा अहिलेको बेरोजगारीलाई समेत घटाउन सकिने विश्वास व्यक्त गरे । तालिममा सहभागी वक्ताले व्यवसायिक सीपले मात्र उद्यमी बन्न सकिने भएकाले सीप, आवश्यक लगानी र बजार भएमात्र उद्यमीले आम्दानी लिन सक्ने बताउँदै यसको लागि राज्यबाट आवश्यक लगानी गर्न माग समेत गरे ।
तालिममा उद्यमशिलता, माहुरी पालन व्यवसायिक सीप, बजार, सरकारी अनुदान, उद्योग दर्ताका प्रक्रिया, मानवीय जीवनसँग मौरीको सम्बन्धको बारेमा सहभागी व्यवसायीलाई जानकारी दिइएको प्रशिक्षक दाहालले जानकारी गराए । समापन समारोहमा घरेलु तथा साना उद्योग विकास समिति इलामका प्रमुख उद्योग अधिकृत नवराज राउत, कृषि विकास बैक इलामका प्रबन्धक दिलिपकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघ इलामका पूर्व अध्यक्ष शुसिला सापकोटा, मानव अधिकार मञ्च नेपालका अध्यक्ष मोहनसिंह थेबे, ग्रामिण पुनःनिर्माण नेपालका अध्यक्ष गमबहादुर गुरुङ, प्रदिप शर्मा, बाबुसाव चौधरी, प्रशिक्षार्थी दीपा लिम्बू, शुकराज लिम्बू, फूर्वा शेर्पा लगायतले बोलेका थिए ।
0 comments:
Post a Comment