अदुवा निकासीमा लागेको प्रतिबन्ध हट्यो, पुर्वी पहाडका किसानहरुमा चैनको सास


इलाम, २४ भदौ । भारतले विभिन्न कारण देखाउँदै केहिदिन देखि नेपाली अदुवामाथि लगाएको प्रतिबन्ध शुक्रबारबाट खुलेको छ । नेपाली अदुवामा विषादीको मात्रा देखिएको भन्दै भारतको खाद्य विभागले नेपाली अदुवाको भारत निर्यातमा रोक लगाएको थियो । तर, नमुना जाँचका लागि भारत लगिएको दश क्विन्टल अदुवामा कुनै प्रकारका विषादी नदेखिएपछि भारतले निर्यात खुला गरेको हो ।
नेपाली अदुवाको नमुना परीक्षणका लागि दश क्विन्टल अदुवा पठाउन भारतको खाद्य विभागले अनुरोध गरेपछि नेपाली व्यवसायीले सोही परिमाणमा अदुवा परीक्षणका लागि भारत पठाएका थिए । गत भदौ १५ गतेदेखि भारतले नेपाली अदुवा निर्यात रोकेपछि विशेष गरी पूर्वी नेपालका अदुवा किसान मारमा परेको थिए । भारत निर्यात नहुँदा किसानले ठूलो क्षेत्रफलमा लगाएको अदुवा नै कुहिएर जाने अवस्था सिर्जना हुन लागेको भन्दै उनीहरुले निर्यात खुलाउने तर्फ पहल गर्न सरकारसँग माग गरिरहेका थिए । भारतको यस निर्णयसँगै अब नेपाली किसान तथा व्यवसायीले नेपाली अदुवा भारत निर्यात गर्न सक्ने छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment