गजल
उपेन्द्र दाहाल
१
नैतिकता ढल्यो अचेल पैसामा घुडाँ टेक्यो ।
पथ्थर पनि गल्यो अचेल पैसामा घुँडा टेक्यो ।
२
यहाँ गरिब मात्र हैन धनी पनि दरिद्र धेरै,
ठुलाले नै छल्यो अचेल पैसामा घुडाँ टेक्यो ।
३
चिहान यो सारा धर्ति उजाड लाग्ने बेला,
बल्न छोड्यो सलो अचेल पैसामा घुडाँ टेक्यो ।
४
बिउ गुणा बोट हुन्छ भन्छन् सबै तर पनि
अैजेरु नै फल्यो अचेल पैसामा घुडाँ टेक्यो ।
५
मौलिकता कला इतिहासको धरोहर नै त्यो,
समिपमा जल्यो अचेल पैसामा घुडाँ टेक्यो ।
उग्रचण्डी नाला, ६ काभ्रे हाल ः राष्ट्रिय सहकारी बैंक, इलाम
गजल
प्रविण श्रेष्ठ
बदनाम भए व्यर्थै आज तिम्रो यो शहरमा,
पागल भने दुनियाँले तिम्लाई पाउने रहरमा ।
सम्झिएर नबिताएको कुनै रातै थिएन सानू,
कहिले रुने कहिले हाँस्ने गर्थें हरेक प्रहरमा ।
खुशी बोकी गयौ तिमी सपनाको संसार हेर्न
किनारा खोज्दै डुबिरहे आफ्नै आँशुको लहरमा ।
मर्थे बरु नतड्पाउन देउ मलाई मृत्यु जाति,
किन लाग्छ अमृत छ कि तिमीले दिने जहरमा ।
कविता
प्रशान्त उप्रेती
बाँचिराछु आश बोकी चुँडिएको मनको धागो,
गाँसिन्छ नै होला एकदिन भन्ने यही ठहरमा ।
वषौं भयो यहाँ मेरो देश दुखेको छ,
रुँदै भन्छिन मेरी आमा केश दुखेको छ ।
विश्व माझ सन्देश बाँड्दै मुस्काउने मेरो हिमाल,
निन्याउरो छ खै किन फेश दुखेको छ ।
बख्खु कछाड घाँघरा धोती गुनिउ चोली,
ढाका टोपी दौरा सुरुवाल भेष दुखेको छ ।
भर अभर अईंचो पईंचो टाढा भएपछि,
सँगै खाने हाम्रो प्यारो मेस दुखेको छ ।
युवा तिम्ले राजनितिको झन्डा बोकेपछि ,
चन्द्र सुर्य बोकिहिड्ने रेस दुखेको छ ।
पूर्व टिस्टा पश्चिम किल्ला कांगडा नि मेरौ थियो,
मिचिराछ अझै पनि शेष दुखेको छ ।
क्रान्तिकारी आकाशका ती तारा आएपछि
जिन्दाबाद जिन्दाबाद नारा आएपछि ।
खुल्ला बजार बनाएर पालै पालो ब्यापार गर्छौ,
तहस नहस गरिदिन्छन् सारा आएपछि ।
आधुनिक दासताको त्यतिबेला जन्जिर छिन्छ,
संविधानमा मेरो पनि धारा आएपछि ।
धेरै कोसिस गरिराछौ एक आपसमा लडाँउन,
चिने सबले जब छुट्टै दारा आएपछि ।
तिमी पहाड म मधेस उ चै हिमालको,
सबै एकै हुन्छौ भाइ चारा आएपछि ।
देशको खातिर आन्दोलन गरेर के पायौ ?
बिना सित्ती आबेगमा मरेर के पायौ ?
यो साझा फूलबारीमा ढकमक फूलेको भा ?
बिना सुबास कोपिलामै झरेर के पायौ ?
मेची काली जगाउन रातोदिन हिडेका थियौ
क्रान्तिको बीऊ तिम्ले छरेर के पायौं ?
साना नानी बाटो छेउमा भोकै बसिराछन्
बिचराको सर्वस्व हरेर के पायौ ?
देशद्रोही बाँचेका छन् सच्चा भक्त सहिद भयौ
सहिदको लिस्टमा तिमी परेर के पायौं ?
तिमी सँगै तिम्रो सिस्टम जलाए भने के गर्छौ ?
बिना सिस्टम मैले देश चलाएभने के गर्छौ ?
निमुखालाइ चुसेर ठड्याको तिम्रो दरबार
राता रात ती सबै ढलाएभने के गर्छौ ?
अन्धधुन्ध निमोठेका क्रान्तिकारी बिरुवाहरु
झाङ्गिएर जरैबाट पलाए भने के गर्छौ ?
बाध्यताले बालुवामा तड्पिएका मौरी बोलाइ,
आफ्नै देशमा सुन चाँदी फलाए भने के गर्छौ ?
ओपन च्यालेन्ज तिमीलाई आउ रेस खडा गरौ,
प्रत्येक रेसमा नमज्जाले गलाए भने के गर्छौ ?
सुरुंगा झापा

0 comments:
Post a Comment