इलाम, २० भदौ ः गत जेठ २८ गते शुक्रबार बसेको नेपाली काङ्ग्रेस इलामको दोस्रो बैठक भाँडभैलोका बिच बिना निर्णय सम्पन्न भएको थियो । हिजो सोमबार पुनः बसेको बैठकले उक्त विवादलाई सुल्झाउने निस्र्कषमा पुगेको छ । त्यसबेला भएको बैठकमा जिल्ला सभापति हिमालय कर्माचार्यले एकलौटी प्रस्ताव ल्याएपछि २७ जना जिल्ला समितिका सदस्यहरु बाहिरिएपछि बैठक बिना निर्णय सम्पन्न भएको थियो । सभापति कर्माचार्यले सचिवमा निरोज खड्गीको नाम प्रस्ताव गरे तर उनको नाम प्रस्ताव पारित नभई निर्वाचित सचिव खगेन्द्र देवानको अनुपस्थितिमा बैठक पुस्तिकामा निर्णय लेख्न कर्माचार्यले खड्गीलाई निर्देशन गरेका थिए ।
यसका साथै अन्य पदाधिकारी र सदस्यहरुले नाम सहित पुर्ण समितिको नाम पारित गर्न माग गरेपछि आक्रोशमा उत्रिएका कर्माचार्यले उप–सभापतिमा प्राथमिक विद्यालयकी शिक्षिका शान्तिकला राई तामाङ, सह–सचिवमा नरबहादुर सुवेदी र सदस्यमा निर्मला सञ्जेल (क्षेत्र नं. ३), रामकुमार श्रेष्ठ (क्षेत्र नं. २), सुवास आङ्थुपा (क्षेत्र नं. २) र श्री प्रसाद खरेल (क्षेत्र नं. १) लाई प्रस्ताव गरेपछि बैठकमा सहभागी पदाधिकारी, सदस्यहरु बाहिरिएका थिए । साथै उनले होम दुलाल, नगेन्द्र कुमाल सहित १९ जना आमन्त्रित सदस्य, टिएन भट्टराई लगायत १२ जनाको सल्लाहकार समिति गठनको लागि समेत प्रस्ताव गरिएको थियो ।
त्यसै विषयलाई बैठकमा छलफल गर्नु पर्छ भनेर भदौ २० गते बसेको जिल्ला समितिको बैठकमा नेपाली कांग्रेसका वहुमत सदस्यहरुले हस्ताक्षर सहित माग गरे पछि बैठकमा पुनः तनाव उत्पन्न भएको हो । बैठकमा केहीबेर तनाव भए पछि सभापतिले पहिले लिईएको प्रस्तावमा कांग्रेसको विधानत केही त्रुटी भएको महसुस आफुले गरेको र यस विषयमा पुनः छलफल गरी अगाडि बढ्ने भने पछि फेरी बैठक शुरु भएको थियो । बैठकमा मंगलबार साँझ सम्म छलफल गरेर सभापतिले जेठ २८ गते गरेको प्रस्तावलाई अनुमोदन गर्ने निर्णय भएको कांग्रेसका एक जिम्मेवार सदस्यले चियाबारी दैनिकलाई जानकारी दिए ।
0 comments:
Post a Comment