सुम्बेक, २४ भदौ । गत भदौ १३ गते परेको चट्याङले लागेर विद्युत ट्रान्सफर्मर बिग्रदा सुम्बेकबासी १२ दिन देखि अन्धकारमा बस्न बाध्य छन् । विद्युत्त आपूर्ति बन्द हुँदा विद्युतबाट चल्ने सम्पूर्ण विद्युतीय उपकरणः मोबाइल, कम्प्युटर, रेडियो लगायत चार्ज गर्न समेत पाएका छैनन् । जसले गर्दा उनीहरु संचारविहिन अवस्थामा पुगेका छन्
सुम्बेक गाविसस्थित ज्वाला विद्युत सहकारी संस्थाले सञ्चालन गरेको विद्युत सेवा बन्द हुँदा उक्त गाविसका ७, ८ र ९ नं. वडाका करिब पाँचसय घर परिवार प्रत्यक्ष प्रभावित बनेका छन् । विद्युत आपूर्ति नहुँदा विद्यार्थीहरुले गृहकार्य समेत गर्न नपाएको स्थानीय शिक्षक तारा निरौलाले जानकारी दिएका छन् । ट्रान्सफर्मर बिग्रिएपछि साना खाले कुटानी–पिसानी गर्ने मिल नचल्दा र फोटोकपीसमेत गर्न नपाउँदा समस्या भएको स्थानीयबासी सोमनाथ खतिवडाले बताए । बिग्रिएको ट्रान्सफर्मर मर्मतको लागी बिराटनगर लगिए पनि उत्तः ट्रान्सफर्मर बन्नलाई अझै १५ दिन लाग्ने ट्रान्सफर्मर मर्मत केन्द्रले जनाएको छ ।
यता विद्युत् प्राधिकरणको वितरण शाखा इलामले भने सहकारी मार्पmत विद्युुत विस्तार गरिएकोले ट्रान्सफर्मर बिग्रिए सहकारीले प्राधिकरणमा निवेदन दिए पछि मात्र प्रकृया अगाडि बढ्ने जनाएको छ । यसरी प्रकृया अगाडि बढाउँदा पनि एकसय केभिएको ट्रान्सफर्मर नभएको र बिग्रिएको ट्रान्सफर्मरको सट्टामा अर्को ट्रान्सफर्मर भेटिए समयमै दिन सकिन्छ नत्र पुरानो नै मर्मत गरेर दिनु पर्ने जानकारी दिएका छन् । ‘बिग्रिएको ट्रान्सफर्मर मर्मत गर्न कम्तीमा पनि १५ दिन भन्दा बढि समय लाग्ने गर्छ हामी दुई वटा विकल्पमै काम गरिरहेका छौ हेरौ चाडै होला ।’ प्राधिकरण इलाम शाखाका इन्जिनियर उमेश दाहालले बताए ।

0 comments:
Post a Comment