राजेश पराजुली
इलाम, २ मंसिर ः उन्नति समावेसी परियोजनाको सहयोगमा स्तोरन्नति हुन लागेको फिक्कल–गुुप्ती– नयाँबजार सडकको ठेक्का प्रक्रिया गजुरमुखी निर्माण प्रा.लि.ले पाउनुपर्ने भए पनि विरोध गर्दा टेण्डर रद्ध हुने भन्दै प्रा.लि.का प्रमुख दिपक गौतमले त्यसको विरोध नगर्ने बताएका छन् । बिहिबार इलाम सदरमुकाममा पत्रकार, प्रभावित क्षेत्रका स्थानिय तथा निर्माण ब्यवसायीहरुसँगको छलफल पछि प्रमुख गौतमले आफुहरुले विरोध गर्दा स्तरोन्नति प्रक्रिया नै रद्ध हुने र सो क्षेत्रका जनता पछाडी पर्ने भन्दै त्यसको आफुहरुले विरोध नगर्ने बताएका छन् । छलफलमा उनले भने– ‘हामीले विरोध गर्दा बीस पच्चीस हजार स्थानियलाई घाटा हुने हुन्छ भने हामी पछाडी सर्न तयार छौँ ।’ उनले थपे– ‘तर गजुरमुखी कम्पनीको अस्मिता नै नरहने गरी प्राविधिक कार्यालयले जुन ब्यवहार ग¥यो यसले हामीलाई सोच्न बाध्य बनाएको छ ।’ स्थानिय निकाय नहुँदाको फाइदा उठाउँदै जिल्ला विकास समिति इलामका तत्कालिन स्थानिय विकास अधिकारी मदन कोइराला, हालका प्राविधिक कार्यालयका प्रमुख ओम ढुुङ्गाना र केही कर्मचारीको मिलेमतोले जिल्ला विकास समितिमा भ्रष्टाचार मौलाएको सहभागीले बताएका थिए । नयाँबजार गुुप्ती क्षेत्र पछाडी परेको भन्दै प्रभावित क्षेत्रका उपस्थित स्थानियले ठेक्का रद्ध नगर्ने वातावरण मिलाउन आग्रह गरेसँगै गौतमले विरोध नगर्ने बताएका थिए ।
टेन्डर आह्वान पछि घटाघट प्रक्रियामा गजुुरमुखी निर्माण कम्पनीले कम रकमको प्रस्ताव पेश गरेको थियो । त्यस पछि गजुरमुखी कम्पनीका प्रतिनिधिसँग समेत प्राविधिक कार्यालयका कर्मचारीले ठेक्का गजुरमुखीले नै पाउने बताएको र त्यसको अडियो प्रमाण समेत आफुहरुसँग भएको गजुरमुखीसँग आवद्ध एक प्रतिनिधिले बताए । यो काम सुचारु हुने वातावरण मिलाउन नयाँबजारबासी राम रिमाल, टुुण्डु शेर्पा, पुुनम गुुरुङ लगायतले माग गरेका थिए । कार्यक्रममा स्थानिय राम रिमालले जिविसमा हुने नियमित भ्रष्टाचारको अन्त्य गरिनुपर्ने बताएका थिए । उनले प्राविधिक कार्यालयले ठोस कदम नचालेकै कारण यस्तो अवस्था आएको भन्दै त्यस क्षेत्रका जनताकालागि भए पनि सहज वातावरण मिलाउन आग्रह गरेका थिए । त्यस्तै स्थानिय टुुण्डु शेर्पाले पनि वि.सं.२०२८ सालबाट त्यस क्षेत्रमा गाडी सञ्चालन भएपनि हाल सम्म सो सडकको अवस्था उही रहेको भन्दै ठेक्का प्रक्रियाको विरोध गर्दा सो परियोजना नै रद्ध हुने त्रास छाएको बताएका थिए । पत्रकार सोम सुुुसेलीले पनि आफुुले सो सडकको टेण्डर प्रक्रियाबाट नै निगरानी गरेको र हाल प्राविधिक कार्यालयका कर्मचारीले फटाईँ गरेको बताएका थिए । उनले परियोजना नै फेल हुने भन्दैमा भ्रष्ट कर्मचारीलाई वढवा दिन नहुुने धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित निर्माण ब्यवसायीहरुले समेत जिल्ला विकास समिति र प्राविधिक कार्यालयका कर्मचारीको नियत राम्रो नभएको बताएका थिए । निर्माण ब्यवसायी संघ इलामका अध्यक्ष राजकुमार भक्तराज, डिल्ली खनाल, वसन्त थाम्सुुहाङ, बिप्वल कोइराला लगायतले समेत ठेक्का पक्रियामा अनियमितता भएको बताएका थिए । उनीहरुले समेत जिल्ला विकास समिति इलामका कर्मचारीहरुको ब्यवहार प्रति असन्तुुष्ट ब्यक्त गरेका थिए । जिल्ला स्थित सरोकारवाला, राजनैतिक दल तथा सञ्चारकर्मीहरुले जिविसका कर्मचारी प्रति निगरानी राख्न उनीहरुले आग्रह गरेका थिए । सो सडको स्तरोन्नतिका लागि नार्गाजुन निर्माण कम्पनीले ठेक्का सम्झौताको आशय पत्र पाएको छ । जिल्ला प्राविधिक कार्यालयका प्रमुख ओमराज ढुङगानाले गजुरमुखी निर्माण सेवाले सबै प्रक्रिया पुरा नगरेकाले दोश्रो नार्गाजुनलाई ठेक्का दिन डोनरले आग्रह गरेको बताउँदै आएका छन् । उनले सडक स्तरोन्नतिका लागी आर्थिक चलखेल नभइ सार्वजनिक खरिद ऐन अनुुसार नै काम भएको बताउने गरेका छन् ।

0 comments:
Post a Comment