रेडपाण्डाका लागि सामुदायिक वनहरुको सञ्जाल

पाँचथर, १२ पुसः दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा) को संरक्षणका लागि उक्त वन्यजन्तु पाइन स्थान भनेर पहिचान गरिएका पाँचथर जिल्लाका छ गाविसमा रहेका नौ सामुदायिक वन उपभोक्ता समितिको सञ्जाल बनाइएको छ । समुदायमा आधारित रेडपाण्डा कार्यक्रम अन्तर्गत यो सञ्जाल निर्माण गरिएको हो । रेडपाण्डा जगाउन स्थानीय समूह नै सक्रिय बनाउने उद्देश्यले सञ्जाल बनाइएको हो । सोमबार फिदिममा सामुदायिक वनका पदाधिकारीहरु, सरकारी तथा गैर सरकारी निकायको भेलाले यस्तो सञ्जाल बनाएको हो ।
पाँचथरका लुङरुपा, सिदिन, प्राङबुङ, मेमेङ, च्याङथापू र फलैँचा गाविसलाई रेडपाण्डा पाइन स्थान भनेर पहिचान गरिएको छ । संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको रेडपाण्डा नेर्टवक तथा दीप ज्योति युवा क्लवको संयोजनमा सञ्जाल बनाइएको हो । डिल्लीराम दुलालको संयोजकत्वमा सञ्चाल बनाइएको हो । सह–संयोजक धनपाल राई, सचिव महेन्द्रवीर राई, सह–सचिव केदार पोखरेल र कोषाध्यक्ष प्रमिला तामाङ रहेका छन् । सबै सामुदायिक वन सम्मिलित सञ्जाल बनाइएको क्लबका कार्यकारी निर्देशक सुनिल वान्तावाले बताए । जिल्ला वन अधिकृत देवेसमणि त्रिपाठी, सामुदायिक वन उपभोक्ता उपभोक्ता महासंघ पाँचथरका अध्यक्ष देवीप्रसाद न्यौपाने, नेटर्वककी संरक्षण संयोजक पेमा लामा लगायतले रेडपाण्डाको महत्वको चर्चा गरेको नेपाल पत्रकार महासंघ पाँचथर शाखाका सचिव गिरिराज बाँस्कोटाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment