सबैले एकपटक आत्मालोचना गर्ने हो की ?

नेपाली खेलकुदको मुख्य ३ मन्त्र विकास, अनुशासन र गतिशिलता । तर नेपाली खेलाडी र अफिसियलहरुमा यी ३ वटै कुराको अभाव देखिन्छ । नेपालको नाम विश्वमाझ चिनाउने खेलाडीहरुलाई खेल्न भन्दा पहिला अनुशासनको पाठ सिकाउन जरुरी देखिन्छ । सन्र्दभ हो ७ औ राष्ट्रिय खेलकुद प्रतियोगिताको । प्रतियोगिता दौरान भलिबलमा पश्चिमाञ्चलका खेलाडीहरुले आर्मीसँगको हारको रिसको झोकमा भलिबल रेफ्री बिनय राईमाथी तटस्थ निर्णय नगरेको भन्दै हातपात गरे । पराजयको बाबजुद पनि पश्चिमाञ्चलले कास्य पदका लागी नेपाल पुलिससँग प्रतिस्पर्धा गर्न पाउथ्यो तर खेल नै बहिस्कार ग¥यो कारण भलिबल संघले उस्का ३ जना खेलाडीलाई निलम्बन ग¥यो । हिजो भरखरै फेरी पनि पश्चिमाञ्चलका ह्रयान्डबलका खेलाडीहरुले त्रिभुवन आर्मी विरुद्धको खेलको निर्णय चित्त नबुझेपछि उजुरी गर्नुको सट्टा भारतबाट खेल खेलाउन बोलाइएका रेफ्रीमाथी कुटपिट गरे ।  महिला क्रिकेटमा शसस्त्र प्रहरी बल (एपिएफ) का खेलाडीहरुले आपतीजनक व्यवहार देखाए । पुर्वाञ्चल विरुद्ध जित नजिक पुगेको एपिएफले अम्पायरले चौका नदिएको झोकमा खेल बहिस्कार ग¥योे । त्यतीमात्र होइन अन्तराष्ट्रिय क्रिकेटमा प्रभावशाली आगमन जनाइसकेकी व्याट्सवुमन सिता राना मगरले मैदानमा माझी औला देखाइन । हामी सवैलाई थाहा छ त्यसको अर्थ नेपाली समाजमा के लाग्छ भनेर । उनको व्यवहारले उनीमात्र होइन शसस्त्र प्रहरी बल र नेपाली खेलकुद जगतमा अनुशासनको अभाव रहेको पुष्टि गर्छ । उनीसँग मैदानमा कप्तान बिनु बुढा मगर,सरिता राना मगर र सोनु खडकाले समेत अभद्र व्यवहार देखाए ।  अझ व्याट्सबुमन रितु कनौजियाले खेलमैदानमा मिडीयाको सामु बिपक्षी टिमलाई अपमानजनक व्यवहार गर्दै पैसाको धम्की समेत दिइन । यी त भए ७ औ राष्ट्रिय खेलकुदमा भएका गतिहिन्ताका उदाहरणहरु ।
 यसभन्दा अघि पनि धेरै प्रतियोगिताहरुमा नेपाली खेलाडीहरुको व्यवहार सन्तोषजनक छैन । गत असोज १२ गते सहिद स्मारक बी डिभिजन लिग फुटबलअन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा न्युरोड टिम (एनआरटी) र श्रीकुमारी बिचको खेलमा एनआरटी १–० ले बिजयी भएपछि श्रीकुमारी क्लबका अफिसियलसहितको भीडले मैदानभित्रै पसेर मुख्य रेफ्री सुदिश पाण्डे तथा लाइसम्यानद्वय पदम भुजेल र युनाल मल्ललाई आक्रमण गरे । लछारपछारसँगै कुटपिट हुँदा रेफ्री पाण्डे पटकपटक भुइँमा लडेका थिए । त्यसपछि बसेको एन्फाको बैठकले श्रीकुमारी क्लब र उस्का ३ जना अफिसियलहरुलाई २ बर्षे खेलकुद गतिविधीमा प्रतिवन्ध लगायो । त्यस्तै गत बर्षसम्पन्न राष्ट्रिय लिग फुटबलमा रेफ्रीमाथी कुटपिट गरेको आरोपमा मोरङ–११ का खेलाडी र अफिसियललाई एन्फाले कारवाही ग¥यो । थ्रीस्टार विरुद्धको खेलमा आफनै गृह मैदानमा ४–१ गोल अन्तरले पराजित भएपछि मोरङका खेलाडीहरुले उही रेफ्री सुदिश पाण्डेमाथी हातपात गरे । हातपात गर्ने मोरङका टेकबहादुर लिम्बु, सुरेन्द्र थापा र सुनिल खडकालाई १८ महिना, प्रशिक्षक पारस चौधरी र टिम म्यानेजर चुमन बस्नेतलाई १÷१ बर्ष र सहायक प्रशिक्षक मनिष तिमिल्सिनालाई एन्फाले २ बर्ष प्रतिवन्ध सहित मोरङ–११ लाई ५० हजार जरिवाना रकम तोक्यो । बारम्वार एन्फा रेफ्री पाण्डे र राई गलत निर्णयका कारण हो वा हारको असन्तुष्टी कुनै न कुनै कारणले कुटपिटको सिकार बन्नुपरेको छ । इतिहासलाई नियाल्ने हो भने जतिपनी नेपाली खेलकुदमा निलम्बनका घटनाहरु भए ती सवै खेलाडी र अफिसियलका लागी मात्र बने न त रेफ्री र अम्पायरका लागी । निर्णायकहरुलाई कारवाही भएको इतिहास नेपाली खेलकुद जगतमा पाइैदैन । के गल्ती सधै खेलाडी र अफिसियल कै मात्र हुन्छ किन निर्णायक सधै पानीमाथी कै ओभान हुन्छ यसको गम्भिर रुपमा खेलकुद सम्वद्ध संघ र महासंघले पनि आत्मालोचना गर्नुपर्छ । यहाँ गल्ती खेलाडीको मात्र होइन विना पुर्वाधार र तयारीका साथ खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजक र हचुवाको तालमा निलम्बन गर्ने खेलकुद संघ र पदाधिकारीको समेत हो । मात्र एउटा चौकाका कारण एपिएफले खेल बहिस्कार ग¥यो । एपिएफकी रितु कनौजियाको प्रहार पुर्वाञ्चलकी अप्सरा वेगमले रोक्न सकिन्न तर डोरी बाहिर गएर बल क्रिज तर्फ फालिन । भन्न खोजिएको कुरो यो होइन की त्यहाँ चौका भयो कि भएन भन्ने, कुरो यो हो की अम्पायर अधिद प्रधानले बेगमसँग सोधे चौका भयो, अरे यार त्यहाँ म भएको भएपनि भएन नै भन्दिन्थे नी । आफनो टिमलाई हराउने रहर कस्लाई हुन्छ र ।  हामीले प्रविधीको विकास गर्न सकेनौ । हिजो फुटबलमा नेपालसामु फराकिलो अन्तरले पराजित हुने अफगानिस्तान र भुटानले समेत फिफा बरियतामा नेपाललाई उछिने, साना टापु जत्रा देश हङकङ र सिँगापुर क्रिकेटमा नेपालका लागी बलिया प्रतिद्धन्दीको रुपमा देखिए, कारण प्राविधिक विकासको बजेटको अधिकतम सदुपयोग र खेलाडीहरुमा अनुशासनको विकास । सातौ राष्ट्रिय खेलकुदमा सुटिङका खेलहरु खुल्ला आकासमुनी भइरहेका छन । प्रतियोगिता सकिने बेला भयो मुख्य रंगशालाको निर्माण कार्य अझै सकिएको छैन । बर्षेनी आइसीसी र एसीसीबाट खेलकुद र खेलमैदान स्तरोन्नतीको लागी करोडौ रुपैया आउँछ तर सिन्को नभाची सकिन्छ । क्रिकेटको नेपालको एकमात्र अन्तराष्ट्रिय खेलमैदान किर्तिपुरमा ३ बर्ष अघि निर्माण गरिएको बलिङ तथा व्याटिङ प्रशिक्षण हल निर्माण सम्पन्न भएको ६ महिना नपुग्दै भत्कियो । अव नेपाली खेलकुदमा केही यस्ता गतिविधी गर्न जरुरी छ त्यो हो सरकारले पुर्वाधार निर्माणको बजेटको सहि सदुपयोग गर्ने हो की ? खेलाडीहरुले विकास, अनुशासन तथा गतिशिलताको मन्त्रलाई एकपटक सोच्ने हो की ? हचुवाको तालमा निलम्बन गर्ने खेलकुद संघ र महासंघले पनि किन यस्तो घटना भइरहेको छ एकपटक आत्मालोचना गर्ने हो की ?
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment