इलाममा कृषिको नयाँ परियोजना सञ्चालन हुने


इलाम, १३ पौष ः इलाममा यसै वर्षदेखि कृषि सम्बन्धि नयाँ परियोजना सुरु हुने भएको छ । नेपाल सरकारले यसै आर्थिक वर्षदेखि सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत इलाममा कृषि उत्पादन केन्द्र (पकेट विकास व्यवसायिक कार्यक्रम)का लागी ७० लाख ६३ हजार तथा व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक)का लागी १ करोड ५० लाख ३५ हजार रुपैयाँ बजेट प्राप्त भएको छ । इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी जिल्ला कृषि विकास कार्यालय इलामले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका वार्षिक कार्यक्रमहरु प्रस्तुत गरेको हो । २०८२ असारसम्म संचालन हुने १० वर्षे परियोजना अन्र्तगत पहिलो वर्ष इलाममा २५ वटा पकेट र तरकारी तथा अलैँचीका ब्लकहरु संचालन गरिनेछन् । तरकारी व्लकहरु सुम्वेक, माइपोखरी र सुर्योदय नगरपालिकामा संचालन गरिने छन भने अलैँचीका कार्यक्रमहरु साखेजुङ, देउराली र देउमाई नगरपालिकामा संचालन गरिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ति कार्यक्रमहरु संचालनका लागी  इलाममा २ करोड २० लाख ९८ हजार रुपैयाँ बजेट छुट्याइएको छ । इलामका निमित स्थानिय विकास अधिकारी ओमराज ढुङगानाको अध्यक्षतामा भएको सार्वजनिकिकरण कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी जनकाराज दाहाल रहेका थिए । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसुहारत शाहले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका विषयमा प्रस्तुती दिएका थिए भने बाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठले परियोजना कार्यक्रम कार्यान्वयन कार्यविधीको सम्बन्धमा प्रस्तुती राखेकी थिइन । सो कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधी, राजनितिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment