माइभ्याली गोल्ड कप चैत १६ गते देखि


माइभ्याली गोल्ड कप अन्तराष्ट्रिय आमन्त्रण फुुटबल यस वर्ष चैतमा हुुने भएको छ । विगत वर्षमा माघ महिनामा सञ्चालन गरिँदै आइएको प्रतियोगिता यस वर्ष मैदान मर्मतका कारण चैत १६ देखि २६ गते सम्म अञ्चालन गरिने आयोजक माइभ्याली फुुटवल क्लव इलामका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिए । उनका अनुुसार यस वर्ष पनि भारत, भुटान र नेपालका गरि १० टीमलाई सहभागिता गराइने छ । प्रतियोगिता सम्पन्न गर्न विज्ञापन गर्न चाहने संघ, संस्था तथा कम्पनीहरुलाई प्रस्ताव बनाएर पठाउन थालिएको छ । प्रायोजक र पुुरस्कार दाताहरुको समेत खोजी भइरहेको अध्यक्ष चेम्जोङले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment