इलाम, १४ पुस ः सदरमुकामस्थित प्रज्ञासदन कोएजुकेशन इङ्लीस बोर्डिङ स्कुल पिपलबोटेको आयोजनामा बिहीबार विभिन्न खेलकुद सम्बन्धि प्रतियोगितात्मक ‘मिनी स्पोर्टस मिट–२०७३’ सम्पन्न भएको छ । विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई पढाइसँगै अतिरिक्त क्रियालकलापमा सहभागी गराउने उद्देश्यले सञ्चालित प्रतियोगितामा कक्षा नर्सरी देखि कक्षा पाँच सम्म अध्यनरत विद्यार्थीलाई सहभागिता गराइएको छ । चक्लेट दौड, रिले दौड, चम्ची दौड, कङ्गारु दौड, बेलुन दौड, तीनखुट्टे दौड, भाले जुुधाई, अनुुमान गर्ने खेल, स्किपिङ दौड लगायतका प्रतियोगितामा करिब दुुईसय पचास विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यर्थीलाई मेडल र पुुरस्कार प्रदान गरिएको थियो । यस्ता खेलहरुले विद्यार्थीहरुलाई शारिरिक तन्दुुरुस्ती दिलाउने, शिक्षक विद्यार्थीबिच घनिष्ठ सम्बन्ध स्थापित हुने र विद्यार्थीहरुमा आत्मविश्वास बढ्ने भएकाले प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी, विद्यालयका संस्थापक तथा कार्यकारी निर्देशक विकाश कर्माचार्यको भनाई थियो । उनका अनुुसार विद्यार्थीहरुलाई समूह कार्यको विकास गराउन र खेलको माध्यमबाट मनोरञ्जन र पढ्ने बानीको विकास गराउन प्रतियोगिता फलदायी हुन्छ ।
विद्यालयकी संस्थापक तथा बिब्यस अध्यक्ष कल्पना ओलीको अध्यक्षता तथा कार्यकारी निर्देशक कर्माचार्यको प्रमुख आतथ्यितामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक सिएम गुुरगाइँले समेत मन्तब्य राख्दै अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको लगनशिलता बढ्ने विश्वास ब्यक्त गरेका थिए । कार्यक्रम शिक्षक रोशन भण्डारी र शिक्षिका इन्दिरा विष्ट गुुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
0 comments:
Post a Comment