काठका पोल परिर्वतन नहुँदा दुर्घटनाको जोखिम

नमिन ढकाल

इलाम, ४ माघः इलाममा विद्युत विस्तारका लागि गाडिएका काठका पोलहरु जिर्ण बन्दै गएका छन् । जिर्ण अवस्थामा रहेका विद्युत पोलका कारण दुर्घटनाको जोखिम बढेको छ ।
जिल्लाका ग्रामिण क्षेत्रमा विद्युत वितरणका लागि गाडिएका काठका पोलहरु जिर्ण बन्दै गएका हुन् । जिर्ण अवस्थाका पोल परिवर्तन गर्न ढिलाई हुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै विद्युत आपूर्तिमा समस्या हुने गरेको छ । जिर्ण पोल ढलेर करेन्ट लाग्ने, हावा हुरीले भाँचिने, विद्युत आपूर्ति बन्द हुने समस्या स्थानीयले भोग्दै आएका छन् । पोल वरपरको बाटो भएर सर्वसाधारणलाई हिडडुल गर्न र खेतबारीको काम गर्न, घाँस, दाउरा गर्न पनि समस्या भएको साङरुम्वाका धम्बु जवेगुले बताए  । इलाम सदरमुकाम लगायत २ दर्जन गाविसमा विद्युत वितरण गर्न गाडिएका काठका पोल जिर्ण भई ढल्ने अवस्थाका छन् । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका अनुसार जिल्लामा रहेका ५ हजार पोल मध्ये करिव २ तिहाई फेनुपर्ने अवस्थामा पुगेका छन् । इलामका अधिकांश क्षेत्रमा मसलाको खम्बालाई विद्युतीय लाइन विस्तारका रुपमा प्रयोग गरिदै आएको छ । जिल्लाका ग्रामिण क्षेत्रमा एउटा फलामको पोल पु¥याउँदा त्यसको लागत २० हजारभन्दा बढी पर्ने भएकाले बजेट अभावका कारण काठका पोल फेर्न नसकिएको प्राधिकरण वितरण शाखाका इन्जिनियर उमेश दाहालले बताए । सहजै यातायात पुग्ने स्थानमा १२ हजारका लागतमा पोल पु¥याउन सकिन्छ तर ग्रामिण भेगमा यातायात खर्च अत्याधिक लाग्ने र केन्द्रबाट पनि पर्याप्त बजेट विनियोजित नहुनाले पोल फेर्नका लागि समस्या भएको उनको भनाइ छ । प्राधिकरणको रेकर्डमा ३ हजार पोल फेर्नुपर्ने अवस्थाको देखिन्छ तर गाविसले ग्रामिण विद्युतिकरणका नाममा विनियोजित गरेको बजेटबाट विस्तार गरिएका कतिपय विद्युतिय लाइनमा चिलाउनेका पोल प्रयोग गरिएकाले त्यसको बिषयमा प्राधिरकणसँग रेकर्ड नरहेको दाहालले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment