संगीता सुहाङ
फिदिम, १८ पुष: एलेभेन एरोज क्लब सुनसरी पाँचथरको फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सोमबार भएको पहिलो चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लब काठमाण्डौ बिरुद्ध ३–० गोल गर्दै सुनसारी प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।
सुनसरीको सानदार जितका लागि सामसिङले दुई गोल र पिटरले एक गोल गरेका हुन् । खेल सुरु भएको ३० औँ मिनेटमा हिमालयन शेर्पाका डिफेन्स कामागाटे डिबक्सभीत्र लडेको मौकालाइ सुदुपयोग गर्दै सामसिङले पहिलो गोल गरे । प्रतियोगिताको दोस्रो हाफको २३ औँ मिनेटमा पिटरले निकालेको पासलाई सदुपयोग गर्दै सामसिङले अर्को गोल थपे । दोस्रो हाफको ३८ मिनेटमा सुनसरीका पिटरले व्यक्तिगत एक गोल थपेर टिमलाई सेमिफाइनलको स्थान पक्का गराएका हुन् । हिमालयन शेर्पाको कमजोर प्रदर्शनको मौकालाइ सदुपयोग गर्दै सुनसरीले सानदार जित निकालेको हो । दुवै टिमबाट एडिभिजनका अनुभवि खेलाडी मैदानमा उत्रेका थिए । सोमबारको खेलमा सुनसरीका पिटर म्यान अफ दी म्याट घोषित भए ।
खेल सुरु भएको पहिलो हाफमा हिमालयन शेर्पाले सुनसरी विरुद्ध पोल चार्ज गरेपनि दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न सकेन । सुनसरीले हिमालयन शेर्पालाइ खेल अवधिभर दवावमा राख्यो । खेलमैदानको अनुभव नभएका कारण आफ्नो टिमले राम्रो खेल्न नसकेको हिमालयन शेर्पाका टिम कोच विकास गौचनले बताए । “लामो समयपछि खेलमा सहभागि भएका क्लबका खेलाडीविच तालमेल नमिलेकाले टिमले हार बेहोर्नु परेको हो,” गौचनले भने । कारबाहीमा परेको चार बर्षपछि हिमालयन शेर्पा क्लबका खेलाडीहरु मैदानमा उत्रिएका हुन् । चितवन, झापा र पाँचथरमा भएको फाल्गुनन्द गोल्डपमा गरि हिमालयन शेर्पाले तीन ओटा खेलमा सहभागिता जनाएको छ ।
मंगलबारदेखि क्वाटर फाइनलको खेल सुरु हुँदैछ । क्वाटर फाइनलको पहिलो खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथर र फेन्स क्लब बिआसि भुटान अन्तिम चारका लागि भिड्दैछन् । स्पोर्टिङ पहिलो चरणको खेलमा हिमकस्तुरी क्लब सिराहा ११ लाई हराएर क्वाटर फाइनल प्रवेश गरेको हो भने भुटानले पहिलो चरणमा बाइ पाएको थियो ।
0 comments:
Post a Comment