आयोजक फिदिम अन्तिम चारमा

फाल्गुनन्द गोल्ड कप
संगीता सुहाङ

फिदिम, १९ पुष ः आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथरको फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । मंगलबार भएको दोस्रो चरणको पहिलो खेलबाट फेन्स क्लब बीआसी भुटानबिरुद्ध २–० गोल गर्दै आयोजक फिदिम अन्तिम चारमा पुगेको हो । 
आयोजक फिदमको जितका लागि सप्टिच्युट खेलाडी सरन बस्नेतले दुवै गोल गरेका हुन् ।  खेल सुरु भएको ६० औँ मिनेटमा आसिश राईको क्रशमा सरनले पहिलो गोल गरे । त्यस्तै ७९ औ मिनेटमा साजन राईले मिलाएको पासलाइ सदुपयोग गर्दै सरनले अर्को गोल थपेर सेमी फाइनलको स्थान पक्का गराएका हुन् ।  घरेलु मैदानको फाइदा उठाँउदै फिदिमले खेल अवधिभर भुटानलाई दवावमा राख्यो । 
प्रतियोगिताको पहिलो हाफमा भुटाने केहि राम्रो खेलेपनि दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न नसक्दा घर फर्कनु परेको हो । भुटानको कमजोर डिफेन्स र कमजोर गोल रक्षकका कारण आयोजक फिदिमले अन्तिम चारको स्थान पक्का गरेको हो । २१ गते हुने सेमि फाइनलको पहिलो खेलमा आयोजक फिदिमसँग विर्ता युनाईटेड क्लब झापा ११ मैदानमा भिड्नेछ । 
मंगलबारको  खेलमा फिदिमका नरेश सम्बाहम्फे म्यान अफ दी म्याच घोषित भए । भुटानले पहिलो चरणको खेलमा वाइ पाएको थियो । भुटानका प्रशिक्षक युवराज साम्पाङ राइले आफ्नो गोल रक्षकको गल्तिका कारण पराजय बेहोर्नु परेको बताए । “दुवै गोल गोलरक्षकको कमजोरीले भएको हो,” राइले भने “गोल रक्षकले गल्ति नगरेको भए आजको खेल जित्ने सम्भावना थियो ।” 
बुधबार हुने खेलमा कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङ र चर्च व्वाइज क्लब काठमाण्डौ मैदानमा भिड्नेछन् । पहिलो चरणको खेलमा ताप्लेजुङले साइनो स्पोर्टिङ क्लब मोरङ ११ लाई हराएर क्वाटर फाइनल प्रवेश पाएको थियो भने चर्च व्वाइज क्लबले वाइ पाएको थियो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment