करणी आरोपमा भारतीय नागरिक पक्राउ

इलाम– ७ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । करणी आरोपमा पक्राउ भारतको राङबाङ गाउँ पञ्चायत घर भएका ३० वर्षे सुरज योगी पक्राउ परेको प्रहरीले जनाएको छ । योगी केही समययता पशुपतिनगर–४ मा बसेर मासु बिक्री व्यवसाय गरिरहेका थिए। उनले गत १६ गते बालिकालाई बलात्कार गरेको आरोप प्रहरीको छ । बालिकाको स्वास्थ्य परीक्षण गरिएको र पक्राउलाई मंगलबार जिल्ला अदालतमा म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment