आगलागीबाट दुई घर जले



फिदिम १९ पुष (चियाबारी संवाददाता) ः याङनाम ८ बाँस्बोटेमा आगलागीले दुई ओटा घर जलेका छन् । मंगलबार विहान १० बजे भान्छाकोठाबाट सल्किएको आगोले नरकुमार केरुङका फुसको छानो भएको दुई तले दुई ओटा घर जलेका हुन् ।  स्थानीय विक्रम केरुका अनुसार आगलागीले दुइओटा घरमा पूर्ण रुपमा क्षती पु¥याएको छ । पानीको अभाव भएकाले पुरै घर जलेपछि मात्र आगो निभेको थियो । आगो नियन्त्रणका लागि स्थानीहरु खटे पनि आगो निभाउने यन्त्र नहुँदा दुइ वटै घर पूर्ण रुपमा जलेको केरुङले बताए । आगलागीबाट घरमा भएको सम्पूर्ण सामानहरु जलेको बताईको छ । आगलागी भएको तीन घण्टा वितिसक्दा पनि प्रहरी नआएको भन्दै स्थानीयले गुनासो गरेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment