पाँचथर, २४ पुसः विर्ता यूनाइटेड क्लब झापाले पाँचथरको फिदिममा सम्पन्न आठौ अन्तराष्ट्रिय टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हत्याएको छ । आइतबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्प्यिन कर्ण सिंह सोनाम स्मृति क्लब ताप्लेजुङ लाई २—१ को गोल अन्तरले पराजित गर्दे उपाधि आफनो पोल्टामा पार्न सफल भएको हो । खेलमा झापा लाई जिताउन खेलको दोस्रो हाफको २६ औ मिनेटमा योगश गुरुङले एक गोल गरेका थिए । जवाफमा ताप्लेजुङका राजिन धिमालले दोस्रो हाफको अन्तिम समयमा एक गोल फर्काएका थिए । निर्धारित समयमा खेल बराबर १–१ गोल भएपछि थपिएको समयको पहिलो हाफको चौथो मिनेटमा झापाका बुद्ध चेम्जोङले गरेको गोल नै झापाको जितको लागि निर्णायक वन्यो । आइतबारको खेलमा उत्कृष्ट पर्दशन गरेका झापाका सुनिल बल तामाङ म्यान अफ दि म्याच घोषित भए । यस्तै बेष्ट गोल किपर झापाका मनोज प्रधान, बेष्ट डिफेन्डर झापाका देवेन्द्र तामाङ, मिड फिल्डर ताप्लेजुङका निराजन खड्का घोषित भए ।
यस्तै बेष्ट फरवाड झापाका विकेश लिम्बू, हाइस्कोरर झापाका कर्ण लिम्बू राइजिङ प्लेयर फिदिम स्पोटिङ क्लबका सरन बस्नेत, बेष्ट कोच झापाका नरेन्द्र लिम्बू, सर्वोत्कृष्ट खेलाडी योगेश गुरुङ, घोषित भए ।
नेपाल, भारत र भुटान गरी १० टिम सहभागि प्रतियोगिताको विजेता झापाले २ लाख ५० हजार रुपैयाँ र उपविजेतामा चित्त बुझाएको ताप्लेजुङले १ लाख ५० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र हात पारेको छ । फिदिम स्पोटिङ क्लबको आयोजनामा प्रतियोगिता गत पौष १५ गतेदेखि शुरु भएको हो । यस्तै फिदिम स्पोटिङले सञ्चालन गर्ने गरी स्थापना गरिएको ‘स्व.प्रजापती–जलपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कार–२०७३’ बाट सगरमाथा टेलिभिजनका पाँचथर संवाददाता लक्ष्मी गौतम पुरस्कृत भएका छन् ।
0 comments:
Post a Comment