रचानात्मक कार्यक्रम गर्दै प्याव्सन दिवस सम्पन्न

इलाम, २४ पुसः ज्योति विद्या मन्दिरमा कक्षा १० मा अध्ययनरत विद्यार्थी सावित्रा कटुवाललाई विज्ञान विषय जहिल्यै नि हाउगुजीको विषय थियो । विज्ञान विषयप्रति उनको धारणा त्यहि एक दिनले ग¥यो जुन दिन प्याब्सन इलामले आयोजना गरेको विज्ञान विषय अध्ययन गर्ने, बुझ्ने र लेख्ने कलाको विषयमा आयोजित कार्यक्रममा सहभागी भइन् । चर्चित पुस्तक लेखक तथा शिक्षाविद् चिन्तामणि पन्थीले प्याव्सन सदस्य विद्यालयका कक्षा १० का विद्यार्थीहरुलाई विज्ञान विषय अध्ययन गर्ने, बुझ्ने र लेख्ने कलाको टिप्स दिए । सहभागी विद्यार्थीहरुले एक दिने अभिमुखिकरण कार्यक्रम अत्यन्त फलदायी भएको प्रतिक्रिया दिए ।  निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इलामले एक हप्तासम्म यस्तै रचनात्मक कार्यक्रमको आयोजना गर्दै प्याव्सन दिवस मनाएको छ । स्थापनाको २६ बसन्त पार गरि २७ औं बर्षमा लागेको अवसरमा प्याब्सन इलामले प्रइमरी एजुकेशनमा प्रत्यक्ष सम्लग्न शिक्षक शिक्षिकाहरुलाई सहभागी गराएर मण्टेश्वरी टिचर्स ट्रेनिङ्गका् समेत आयोजना ग¥यो । २ दिनसम्म आयोजना गरिएको तालिममा प्याब्सन सदस्य जिल्लाभरका विद्यालयका ७८ जना शिक्षक तथा शिक्षिकाहरु सहभागी भए । 
प्याब्सन इलामले शिक्षा सरोकारवालाहरु सहभागी गराएर एक अन्र्तक्रिया कार्यक्रम समेत आयोजना गरेको छ । ‘शिक्षा क्षेत्रमा प्याब्सनको भुमिका, सरोकारवालाहरुको अपेक्षा’ नाम दिइएको अन्र्तक्रिया कार्यक्रममा प्याब्सन इलाम अध्यक्ष विकास कर्मचार्यले अवधारणापत्र प्रस्तुत गरेका थिए । शिक्षाको विषयमा जिल्लास्तरमा बहसको थालनी गरेको भन्दै कार्यक्रममा शिक्षाविद्हरुले आयोजकको प्रशंसा गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रबाहेक दलहरुले उपस्थितिमा उदाशिन भइदिदा सहभागीहरुले नीति निर्माणको तहमा भएकाहरुले अनुपस्थिति दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा प्रस्तुत गरिएको अवधारणापत्रमा प्याब्सनको विगत, बर्तमान र शिक्षाको क्षेत्रमा भावि रणनीतिको विषयहरु प्रस्तुत गरिएको थियो । प्याब्सन अध्यक्ष विकास कर्मचार्यले कार्यक्रम उत्कृष्ट भएको प्रतिक्रिया दिए । 
प्याब्सन इलामले आइतबार एक कार्यक्रमको आयोजना गरि बाल मन्दिर आधारभूत विद्यालयमा रहेको दृष्टिविहीन श्रोत कक्षामा रहेका १० जना दृष्टिविहीनहरुको सहयोगार्थ १५ थान ब्रेल लिपीको स्लेट र लेख्ने स्टाइलस उपलब्ध गराएको प्याब्सन उपाध्यक्ष नुनुमा राईले जानकारी दिइन् । प्याब्सनका केन्द्रिय सदस्य युवराज बाशिष्ठले विद्यालयका प्रधानाध्यापक कमल खत्रीलाई सामाग्री हस्तान्तण गरेका थिए । कार्यक्रममा दृष्टिविहीन विद्यार्थीहरुलाई खाजा समेत प्याब्सनले उलब्ध गराएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment