इरौटार, २४ पुस । गत डिसेम्बरमा भारतको गोवामा सम्पन्न प्रथम अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी भइ पदक जित्ने इलामका खेलाडीहरुलाई सम्मान गरिएको छ । बहुवन डोजो इरौटार र सितोरियो कराते जिल्ला शाखा इलामले संयुक्त रुपमा शनिबार एक समारोहको आयोजना गरी ६ जना खेलाडीलाई प्रति खेलाडी ६÷६ हजार नगद सहित सम्मान गरिएको अन्तराष्ट्रिय रेफ्री योगेश चाम्लीङ राईले जानकारी दिएका छन् । खेलाडीहरुको सम्मानको लागी पुर्व कराँते खेलाडी अन्जना सुव्बाले नगद ३० हजार र अभिभावक बाघसिँह तामाङले नगद ६ हजार रुपैयाँ सहयोेग प्रदान गरेका थिए । सोही समारोहमा राष्ट्रिय निर्णायक विर्ख सुव्बा र अन्जना सुव्बालाई समेत सम्मान गरिएको थियो ।
डिसेम्वर ९ देखि ११ सम्म गोवामा भएको कराँतेमा इलामबाट सहभागी ६ जना खेलाडीहरुले नेपालका लागी ६ स्वर्ण र २ रजत पदक दिलाएका थिए । साथै सितोरियो कराते जिल्ला शाखा इलामको आयोजनामा फेव्रुअरीको पहिलो साताबाट सुर्योदय नगरपालिकामा इन्डो–नेपाल कराते च्याम्पियनसिपको तयारी भइरहेको रेफ्री चाम्लिङले जानकारी दिए ।
0 comments:
Post a Comment