एकतप्पा, ५ फागुनः इलामको एकतप्पामा २ दिने कृषक स्तरीय कफी चक्र प्रविधि तालिम सम्पन्न भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराको आयोजना र कुम्भकर्ण एग्रिकल्चर फार्म, गोदक तथा कृषि क्षेत्र विकास समिति, एकतप्पा इलामको समन्वयमा इलामको एकतप्पा ७ दोकानडाँडामा फागुन ४ र ५ मा तालिम सम्पन्न भएको छ ।
बोर्डको कफी विस्तार कार्यक्रम – २०७३ अन्र्तगत कफी चक्र प्रविधि तालिम सञ्चालन भएको हो । विभिन्न चार जिल्ला (इलाम, उदयपुर, कैलाली र सिराहा) बाट ७० जना सहभागी कार्यक्रमका सभापति कृषि क्षेत्र विकास समितिका अध्यक्ष गोविन्द बहादुर कोइरालाले गर्नु भएको थियो भने प्रमुख अतिथि बोर्डको क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय निर्देशक लक्ष्मण पोखरेल रहनुभएको थियो । कार्यक्रमका विशेष अतिथि कुम्भकर्ण एग्रि. फर्मका प्रबन्धक भोजराज श्रेष्ठ रहनु भएको थियो ।
कफी विज्ञ प्रेमनिधी ढकाल, स्थानिय दलका राजनैतिक प्रतिनिधि, प्रहरी चौकी एकतप्पाको प्रमुख लगायतका अतिथिहरु रहनु भएको थियो । २ दिने तालिमका कफी विज्ञ प्रेमनिधि ढकाल र बोर्डका कृषि प्राविधिक नगेन्द्र सुवेदीले सहजिकरण गर्नुभएको थियो । तालिममा कफी कृषकलाई विउ देखि कप सम्मको जानकारी दिइएको थियो । उक्त कार्यक्रममा बोल्दै बोर्डका क्षेत्रीय निर्देशक लक्ष्मण पोखरेलले पुर्वमा कफी खेति हुने संम्भावना उच्च रहेकाले सबै कृषकलाई व्यवसायिक रुपमा कफी खेति तिर लाग्न प्रेरित गर्नुभयो साथै उहाँले कफी किसानको पेन्सन भएको र कफीले छोटो समय देखिनै उच्च प्रतिफल दिने भएकाले निश्चिन्त भएर कफी खेतिमा लाग्न प्रेरणा प्रदान गर्नुभयो साथै बोर्डले कफी खेतिमा सबै खाले सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा कुम्भकर्ण एग्रि. फार्मका प्रबन्धक भोजराज श्रेष्ठ, ने. का. गाँउ सभापति रामजी कोइराला, विद्यालय व्यवस्थापन अध्यक्ष पञ्च बहादुर योङहाङ्ग, जनकल्याण मा. बि का प्र अ दुर्गा बहादुर लिम्बु, कफी विज्ञ प्रेमनिधि ढकाल लगायतले बोल्नु भएको थियो । महिला सहभागिको तर्फबाट इन्दिरा खनाल, पुरुष सहभागिको तर्फबाट केदार खनाल र कैलाली जिल्लाबाट सहभागी विर बहादुर शाही ले बोल्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन बोर्डका कफी प्राविधिक नगेन्द्र सुुवेदीले गर्नुभएको थियो ।
0 comments:
Post a Comment