नौ पदक सहित इलामे टिम दोस्रो

इलाम, १ फागुनः झापाको झिलझिलेमा भएको पुर्वाञ्चल स्तरिय कराँतेमा इलाम टिम दोस्रो भएको छ । इलामबाट सहभागी ११ जना मध्ये ९ जना खेलाडीले पदक हात पारेर फर्किएका छन् । इलामका खेलाडीहरुले ३ स्वर्ण, ३ रजत र ३ कास्य पदक प्राप्त गरेको कराते प्रशिक्षक धमेन्द्र गुरुङले बताए । इलामबाट काता विधामा सहभागी विमोचना गुरुङ कुमुते, ५५ केजीमा सविन मगर, ६७ केजी माथी तौल समुहमा भेषराज राईले स्वर्ण पदक हात पारे । 
कुमुते ५५ केजीमा रन्जिता लेप्चा, ६७ केजीमा नरेश गहतराज र ४५ केजीमा अलिसा धामीले रजत पदक प्राप्त गरिन भने कुमुते तर्फ नै ६१ केजीमा दिलु मगर, ५० केजीमा अञ्जली राई र ६१ केजीमाथी तौल समुहमा दिक्षा दियालीले कास्य पदक हात पारिन । 
सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले उद्धघाटन गरेको प्रतियोगिता समापन नेपाली कांग्रेसका सांसद एवम पुर्व कराते खेलाडी मोहन राईले गरेका थिए । इलामको टिम चन्द्रकला राईको व्यवस्थापनमा प्रतियोगितामा सहभागी भएको कराते प्रशिक्षक योगेश चाम्लिङले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment